एसइई दिएर बसेका विद्यार्थीलाई ब्युटीपार्लर तालिम

पोखरा ।
बाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई ३४ जना छात्रालाई ब्युटीपार्लर तालिम दिएको छ । ७ दिनसम्म सञ्चालन भएको तालिममा विद्यालयका अभिभावकसमेत रहेका ब्युटीसियन सृष्टि पुन र विना थापाले अनुहारको हेरचाह तथा सौन्दर्यकरणका विषयमा सहभागी विद्यार्थीलाई तालिम दिएका थिए । शिक्षक अभिभावक संघको नेतृत्व तथा विद्यालयको व्यवस्थापनमा सञ्चालित तालिमको सोमबार समापन गरिएको छ ।
तालिममा सहभागी विद्यार्थीलाई विद्यालयका प्रअ कृष्णप्रसाद आचार्य, सहायक प्रधानाध्यापक रामबहादुर बानियाँ, विद्यालय व्यवस्थापन समितिका सदस्य ईन्दु भट्टराई अभिभावकद्वय मुना पौडेल, अन्जना तिमिल्सिना लगायतकाले प्रमाण पत्र प्रदान गरे ।
प्रधानाध्यापक कृष्णप्रसाद आर्चायले अभिभावकले सिकेको सीपलाई विद्यार्थीको माझ पु¥याएको बताए । उनले फुर्सदको समयमा सिप सिक्दा क्षमता वृद्धि हुनुका साथै जीवनोपयोगी हुने वताए । सो अवसरमा प्रशिक्षक पुन र थापालाई विद्यालयले सम्मान समेत गरेको छ । विद्यालयले निकट भविष्यमा विद्यार्थी केन्द्रित अन्य सिप सिकाउने तयारी समेत गरेको बताएको छ ।








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया