नीति तथा कार्यक्रम पारित, आज बजेट

पोखरा ।
गण्डकी प्रदेशसभाले सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।
गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले २९ गते नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बिहीबार र शुक्रबार सदनमा छलफलपछि नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री पाण्डेले जवाफ दिए । मुख्यमन्त्री पाण्डेले प्रदेशसभा सदस्यले दिएका सुझाव र आलोचनाहरुलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिवद्धता गरे ।
नीति तथा कार्यक्रममा सञ्चार क्षेत्र नियतवत नछुटाइएको उल्लेख गर्दै उनले आगामी वर्ष सञ्चार क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको जनाए । पत्रकार बीमा, लेखनवृत्ति, लोककल्याणकारी विज्ञापन लगायतका व्यवस्थाले निरन्तरता पाउने उनको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने विषय प्रदेश, मुलुकको मात्र नभई अन्तर्राष्ट्रिय विषय भएको बताउँदै उनले अन्तरदेशीय उडानहरु हुनुपर्नेमा जोड दिए ।
पोखराबाट बंगलादेशमा सिधा हवाइ उडानका विषयमा छलफल भइरहेको उनको भनाइ छ । समाजवादलाई हेर्ने दृष्टिकोणहरु फरक फरक रहेको बताउँदै जनाउँदै उनले आफू नेतृत्वको सरकार समाजवादबाट टाढा नजाने उल्लेख गरे ।
‘समाजवाद समयक्रम र स्थान अनुसार पनि फरक हुन्छ,’ उनले भने, ‘हामी निजी क्षेत्रसहितको उदार पुँजीवादी व्यवस्थासहितको समाजवाद चाहन्छौं ।’ मुख्यमन्त्री पाण्डेले प्रदेशको आन्तरिक आम्दानी पाँच अर्ब रहेको तर आवश्यकता भने ५ खर्बभन्दा बढी भएको औंल्याउँदै सीमित स्रोत परिचालन गरी बजेट निर्माण गरिएको भए पनि कसैमाथि विभेद नगरिएको दाबी गरे ।
बजेटमाथिको छलफलमा भाग लिने सत्ता पक्षका सांसदहरुले नीति तथा कार्यक्रम प्रदेशको अवश्यकता अरुरुपको भएको तर्क गरेका थिए भने विपक्षी सांसदहरुले यसले जनताको अपेक्षालाई पूरा गर्न नसकेको टिप्पणी गरेका थिए । विपक्षी सांसदहरुले नीति तथा कार्यक्रम नाराहरुको संग्रह बनेको टिप्पणी गर्दै कार्यान्वयन हुनेमा आशंकासमेत जनाए ।
प्रदेशसभाको अर्को बैठक शनिबार दिउँसो ४ बजे बस्ने सभामुख कृष्णप्रसाद धितालले जानकारी गराएका छन् । शनिबारको बैठकमा सरकारको आगामी वर्षको बजेट प्रस्तुत हुँदै छ । आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले ३० देखि ३२ अर्बको बजेट सदनमा पेश गर्ने प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले जनाए ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया