स्थानीयको सक्रियतामा गाँजा फँडानी

समाधान संवाददाता
पोखरा
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रके अगुवाइ र पोखरा ३३ को सहयोगमा गाँजा फँडानी गरिएको छ । तिक्लाङ, लामगादी, मालागिरि, मनियलडाँडा, घर्तीपोखरा, चैनपुर, कालिकास्थान, भगवतीचौतारा, खैरेनी, ठुलढुंगा, बाघढुंगा, तोरीचौर लगायतका ठाउँमा रोपिएका ४ ट्रक भन्दा बढी गाँजा बोटफँडानी गरिएको हो ।
केन्द्रका पदाधिकारीहरु, लागु औषध महाअभियान समितिका पदाधिकारी, प्रहरी, टोलविकास संस्था, आमा समूह, युवा क्लव र स्थानीयवासीको सक्रियतामा गाँजाका बोट फँडानी गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले कास्की जिल्लालाई लागुऔषध दुव्र्यसनमुक्त बनाउने अभियानमा साथ दिन आग्रह गरे ।
पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आर्चायले समाजलाई दुव्र्यसनमुक्त बनाउने सवालमा यस्ता अभियानहरुलाई सहयोग गर्न सिंगो वडा संधै तत्पर रहेको बताए । केन्द्रका अध्यक्ष रमेश ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक गणेशप्रसाद ढकालले स्वागत र सचिव त्रिलोचन लामिछानेले सञ्चालन गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया