क्लासिक टेकमा बुलेट सरर, इन्टरनेट टिभी फरर अफर

पोखरा ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेटमार्फत गर्दा बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर अफर सार्वजनिक भएको छ । अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेट बाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तर्गत रोयल इन्फिल्ड क्लासिक ३५० सिसीको बुलेट बाइक जित्न सक्नेछन् ।
हरेक महिना म्याकबुक, आइप्याड र एप्पलवाच जित्ने अवसर पनि यो अफरमा छ । ‘उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबिपिएससहित २०० प्लस एचडी/एसची च्यानल रहेको इन्टरनेट टिभी जसको मात्र ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबिपिएस इन्टरनेट ३ महिनाको मात्र ३३०० रुपैयाँमा जसमा वाइफाई सिक्स राउटरसहितको प्याकेज समेत छ,’ कम्पनीले भनेको छ ।
उक्त अफरहरु आउने कात्तिकसम्म मात्र रहेको पनि कम्पनीले बताएको छ । डिजिटल प्रविधिको उपयोगसँगै बिनाझन्झट रकम भुक्तानी गर्न सकिने भएकोले आफ्ना नयाँ तथा पुराना ग्राहक वर्गहरुलाई इन्टरनेट टिभीको भुक्तानी सेल पे मार्फत नै गर्न कम्पनीको आग्रह छ ।








पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया