मालेपाटनमा ६८२ को निशुल्क टिजी र सुगर जाँच

समाधान संवाददाता
पोखरा
राष्ट्रिय रक्तदान दिवसको सन्दर्भमा शनिबार पोखरा ५ मालेपाटनमा भएको शिविरमा ६ सय ८२ जनाको सित्तैमा रगत जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनको आयोजना र नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सहयोगमा भएको शिविरमा रगतमा हुने खराब बोसो (टिजी) र मधुमेहसम्बन्धी रगत जाँच गरिएको हो ।
पोखरा, सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा अन्य सबै प्रकारका रगत जाँचमा पनि ५० प्रतिशत छुट दिइएको थियो । कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रामचन्द्र काफ्लेले मुटुरोग, मधुमेह, टिजी लगायतका विषयमा प्रकाश पारे । उनले खानपान र जीवनशैली सुधार्दै रोग लाग्नुपूर्व नै सावधानी अपनाउन आग्रह गरे ।
डा. काफ्लेले मधुमेह, टिजी, प्रेसर, थाइराइड जस्ता रोग लागे वेवास्ता नगर्न र जीवन नै सकियो भन्ने पनि नसोच्न आग्रह गरे । उनले भने, ‘रोग लाग्दैमा जीवन सकियो भन्ने सोच्ने पनि होइन, उपचारै नगरी ठीक हुन्छ भनेर बस्ने पनि होइन ।’ समय समयमा रगत जाँच र चिकित्सकको परामर्श लिएर रोग लाग्नै नदिन उनले सबैलाई आग्रह गरे ।
युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले स्वास्थ्य सेवाको क्षेत्र भएकाले आफूहरुले शिविर, सचेतना र सर्वसाधारणलाई सुलभ सेवालाई प्राथमिकतामा राखेको बताए । हालसम्म ७३ निशुल्क शिविर गरी ५० हजारभन्दा बढीलाई सित्तैमा सेवा दिइसकेको उनको भनाइ छ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ५ उपशाखा मालेपाटनका सभापति बुद्धिसागर खनालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव राजु सुवेदीले पनि बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया