सृजना बहिरा स्कुलमा अक्षयकोष

पोखरा ।
विदेशमा रहेका नेपालीको संस्था कास्की आदर्श समाज कतारले कास्कीको सृजना बहिरा स्कुलमा अक्षयकोष स्थापना गरेको छ । समाज कतारले विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुग्ने गरी स्थापना गरेको अक्षय कोषमा वृद्धि गरी शुक्रवार थप रकम हस्तान्तरण गरेको हो ।
यसअघि अक्षयकोषमा रहेको १ लाखमा गण्डकी प्रदेश समन्वय परिषद कतार र संस्थाका आजीवन सदस्य रामचन्द्र सुनार र संरक्षक विमल सुवेदीको सहयोगमा १ लाख २५ हजार गरी कोषमा २ लाख २५ पुर्याएको हो ।
कास्की आदर्श समाज कतारका सहकोषाध्यक्ष वसन्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाशलाल श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक सुनीलकुमार भण्डारी, कास्की आदर्श समाज कतारका अध्यक्ष विश्वबन्धु थापा र संस्थाका सचिव खुसीमान गुरुङ लगायतले विद्यार्थीहरुको पठन पाठनका नियमित साँघुरो ठाउँ भएको र आयस्रोतको अन्य बाटो नभएकाले कोषलाई व्यवस्थित रुपले सञ्चालन गरेर थप रकमको खोजी गरी ५ लाखसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए ।








एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया