रत्नशोभा माविमा बधाई र सम्मान

पोखरा ।
पोखरा २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा बधाई ज्ञापन तथा सम्मान कार्यक्रम भएको छ । शैक्षिक सत्र २०८० को एसइई परीक्षामा सफल हुने विद्यार्थीलाई विद्यालयले शुक्रबार बधाईसहित सम्मान गरेको हो ।
कार्यक्रममा पोखरा २८ का वडाध्यक्ष एवं वडा शिक्षा समिति संयोजक श्रीकृष्ण लामिछानेले एसइईमा सफल हुने विद्यार्थीलाई बधाई दिंदै आगामी दिनमा पनि उच्च शैक्षिक सफलताको कामना गरे ।
लामिछानेले शैक्षिक सत्र २०८० को सफलतासँगै आगामी शैक्षिक सत्रमा शतप्रतिशत नतिजा निकाल्न झन चुनौती थपिएको जनाए । समुदाय, विद्यार्थी, शिक्षक, प्रशासन, अभिभावक लगायत सरोकारवाला सबै एकजुट भएर आगामी दिनमा अझ शैक्षिक स्तर वृद्धि हुने उनले औंल्याए ।
विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष शिवबहादुर अधिकारीले उत्तीर्ण विद्यार्थीलाई २०८१ को कक्षा ११ मा यसै विद्यालयमा पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । निवर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले विगतदेखि नै विद्यालयको शैक्षिक स्तर राम्रो रहेको बताउँदै आगामी दिनमा पनि सबै सरोकारवालाले सहयोग गर्नुपर्ने बताए ।
विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले शैक्षिक सत्र २०८० को एसइई परीक्षामा ९५ प्रतिशत विद्यार्थी सफल भएको जानकारी दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द लामिछाने, शिक्षक यदुनाथ पाण्डे, अभिभावक राम्जी तिवारी, विद्यार्थी सुस्मिता कुंवर, विद्यालय सूचना अधिकारी ऋषिराम रानाभाट लगायतले बोलेका थिए ।









चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता
पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया