‘नथिङ’ ब्रान्डका मोबाइल, स्मार्ट वाच र एयरबड्स नेपालमा

पोखरा ।
नथिङ मोबाइल ब्रान्डले नेपालमा फोन, स्मार्ट वाच र एयर बड्स सार्वजनिक गरेको छ । कम्पनीले सिएमएफ फोन १, सिएमएफ बड्स प्रो २ र वाच प्रो २ सार्वजनिक गरेको हो ।
कार्ल पेइद्वारा स्थापित ब्रिटिस आधारित उपभोक्ता इलेक्ट्रोनिक्स कम्पनी नथिङ टेक्नोलोजी लिमिटेडले आफ्नो सब–ब्रान्ड सिएमएफमार्फत विश्वव्यापी रूपमा आफ्नो उत्पादन लाइन अप विस्तार गरेको हो ।
नथिङको फोन, स्मार्ट वाच र एयर बड्सको बनावट र डिजाइन ‘नैतिकता’को प्रतीक भएको कम्पनीले जनाएको छ । नथिङले उत्कृष्ट डिजाइनमा उपभोक्ता केन्द्रित सामग्री उत्पादन गर्छ ।
सिएमएफ फोन १ ले स्मार्टफोन बजारमा सिएमएफको डेब्यूलाई चिन्ह लगाएको छ । यसले विविध उपभोक्ता प्राथमिकताहरू पूरा गर्ने उद्देश्यले निजीकरण र कार्यक्षमताको मिश्रण प्रदान गर्ने कम्पनीले जनाएको छ । यो कालो, सुन्तला, हल्का हरियो र निलो रंग विकल्पमा उपलब्ध छ ।
साथै, नथिङले फोन २ए पनि सार्वजनिक गरेको छ । यसमा शक्तिशाली मिडियाटेक डाइमेन्सिटी ७२०० प्रो चिपसेट छ । नथिङले एअर र एअर (ए) एअर बुड्स पनि सार्वजनिक गरेको हो ।
नेपालमा नथिङको ब्रान्ड एम्बेसेडर अभिनेता प्रदीप खड्का हुन् । उनले नेपाली बजारमा नथिङ ब्रान्ड भित्रिनुलाई उत्साहजनक रूपमा लिएको बताएका छन् ।
सिएमएफ फोन १, सिएमएफ बड्स प्रो २, सिएमएफ वाच प्रो २, सिएमएफ बड्स, नथिङ फोन र नथिङ फोन (२ए) नथिङ इयर र नथिङ इयर (ए) चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्वाण चौधरी र ब्रान्ड एम्बेसेडर प्रदीप खड्काले सोमबार सार्वजनिक गरेका हुन् ।
हाललाई सिएमएफ फोन १ को सुरुआती मूल्य ३६ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । यो ८ जिबी र्याम र १२८ जिबी रोम भेरियन्टको मूल्य हो । ८ जिबी र्याम र २५६ जिबी रोम भेरियन्टको मूल्य ४१ हजार चार सय ९९ रूपैयाँ तोकिएको छ ।
फोन २ (ए) को सुरुआती मूल्य भने ४५ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ । यो ८ जिबी र्याम र १२८ जिबी रोम भरियन्टको मूल्य हो । १२ जिबी र्याम र २५६ जिबी रोम भेरियन्टको मूल्य भने ५२ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।
ग्राहकहरूले नथिङको नयाँ सार्वजनिक उत्पादनहरू अनलाइन प्लेटफर्म दराज र सिजी डिजिटल अनलाइनबाट खरिद गर्न सकिन्छ ।
तपाईको प्रतिक्रिया