आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन

समाधान संवाददाता २०८१ असार २६ गते १७:२३
डुम्रे–बेँसीसहर सडक अन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका– १ अँधेरीखोलामा बुधबार बिहान आएको पहिरो । तस्बिर जनक श्रेष्ठ÷ रासस

दमौली

Advertisement

पहिरोका कारण पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन भएको छ । आँबुखैरेनी गाउँपालिका–४ ऐनापहरा नजिक आज दिउँसो खसेको पहिरोले उक्त खण्ड एकतर्फी सञ्चालन भएको हो । ऐनापहरास्थित सडकमाथिबाट डाँडा खसेपछि सडक एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो हटाएर दुईतर्फी सडक सञ्चालन गरिएको हो । म्याग्दे गाउँपालिका–६ स्थित मौरीओडार सडक पनि एकतर्फी रूपमा सञ्चालन भएको छ । नदीले बगाएका फेला परेनन् तनहुँको व्यास नगरपालिका–१ स्थित छाब्दी खोला दोभानमा खोलाले बगाएका काठदाउरा खोज्न गएका ५५ वर्षीय तालबहादुर थापा बेपत्ता भएका छन् । –––

तपाईको प्रतिक्रिया