पर्खाल विहिन मुस्ताङ जीर्ण कारागार

समाधान संवाददाता २०७६ साउन १७ गते १४:३७

तस्बिरः मुस्ताङको माटो बिच्छ्याएको कारागार भवन, समाधान

एसके थकाली, मुस्ताङ

विगत ३ दशक पुरानो मुस्ताङ कारागार पर्खाल विहिन जीर्ण छ । छतमाथि माटो बिच्छ्याईएको कारागार भवन र कारागार कम्पाउण्डमा पक्की पर्खाल नहुँदा त्यहाँ बस्ने सुरक्षाकर्मी तथा बन्दीहरु समस्या भोग्न बाध्य छन् ।

Advertisement

मुस्ताङ कारागार २०३७ सालमा बनेकाे हो । करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको कारागारमा ९ कोठा छन् । ५ कोठामा सुरक्षाकर्मी, २ कोठामा बन्दी, एकमा आफन्त भेटघाट कक्ष र एकमा घाम ताप्ने कोठा छ । कुल ८ बन्दी क्षमताको कारागारमा हाल १० बन्दी छन् । महिला बन्दी भए झनै समस्या हुन्छ । बन्दीले खाना पकाउने अर्को किचन कोठा छैन । साघुरो कोठामै खाना पकाउ र खाउ अनि कोच्चिएर बस्नुपर्छ । कारागार मापदण्ड अनुसार संरचनाको अभाव छ ।

सुरक्षागार्ड बस्ने नजिकै सानो घाम ताप्ने कोठा छ । त्यही कोठामै दिनभर बन्दीलाई घाम ताप्न निकालिन्छ । त्यहा पनि खादिएर बस्नुपर्ने मुस्ताङ कारागारको मुख्य समस्या रहेको कारागारका जेलर बिनोदप्रसाद अर्याल बताउछन् ।

Advertisement

कारागारमा बन्दीलाई रात र दिनको समय शौचालय मुख्य समस्या बनेको छ । पिसाब फेर्न परे बाल्टिनकै, बाथरुम जानुपरे सुरक्षाकर्मीको सहयोगमा बाहिर निकालिन्छ । रातपरेपछि पनि साघुरो कोठामै रात बिताउनु पर्छ। बन्दीका लागि खेलकुद र लाईबेरीको कुनै संरचना छैनन् । यस्तै, आर्यआजनको शिपमुलक तथा बन्दीले उत्पादन गरेका सामानको यथोचित बजारिकणको अभाव छ । हालै घरेलुले दिएको बेकरी तालिमले पनि बन्दीलाई उत्साहित तुल्याउन सकेन ।

कारागारसंगै जोडिएको नापी कार्यालय भवनमा चारैतिर अग्लो पक्की कम्पाण्ड लगाईएको पर्खाल भएपनि कारागारमा पर्खाल छैन । तारले घेरिएको कारागार सुरक्षाका दृष्टिले भरपर्दो छैन । कारागार परिसरको खाली जग्गा बाझो छ । पर्खाल नहुँदा बाँझो जग्गा उपयोगमा ल्याउन नसकेको असई पदमबहादुर राना बताउछन् । उनले भने, ‘ तरकारी र फलफुल लगाउ, गाई, गोरु पसेर खाईदिन्छ, यसैले बाँँझो छोडिएको हो ।’ उनले मुस्ताङ कारागारलाई पनि सरकारले व्यवस्थित तुल्याउनुपर्ने देखिन्छ ।

जलवायु परिवर्तनका कारण मुस्ताङमा पनि पछिल्लो समय अधिक वर्षा हुन थालेको छ । पुरानो माटो बिच्छ्याएको कारागारमा ठुलो पानी पर्दा पानी चुहिने समस्या उस्तै छ । असई रानाका अनुसार पर्खालसहितको कारागारको नयाँ संरचना निर्माण गर्नुपर्ने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया