साढे ५ अर्ब राजस्व संकलन

पोखरा ।
आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्षभन्दा सात प्रतिशत बढी राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष पाँच अर्ब २२ करोड राजस्व संकलन भएकोमा गएको आर्थिक वर्ष पाँच अर्ब ५७ करोड ५५ लाख राजस्व असुली भएको हो ।
कार्यालयका सूचना अधिकारी कर अधिकृत गोपाल गिरीले निर्धारित वार्षिक लक्ष्य छ अर्ब ३९ करोड ४७ लाखको ८७ दशमलव एक नौ प्रतिशत प्रगति भएको जानकारी दिए । आर्थिक वर्ष २०७९/०८० को भन्दा ३४ करोड ९५ लाख बढी राजस्व संकलन भएको छ ।
कार्यालयले आर्थिक वर्ष गएको आर्थिक वर्ष आयकरतर्फ ३ अर्ब ६६ करोड ८७ लाख, मूल्य अभिवृद्धि करतर्फ एक अर्ब ७३ करोड ३६ लाख र अन्तःशुल्कतर्फ १६ करोड ६७ लाख राजस्व संकलन गरेको छ ।
यो कार्यालयको कार्यक्षेत्रमा कास्कीका पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाँउपालिका र मादी गाउँपालिका छन् भने स्याङ्जाको पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिका, वालिङ नगरपाालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, विरुवा गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका, हरिनास गाउँपालिका र कालीगण्डकी गाउँपालिका पर्छन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया