पोखरा युनाईटेड क्लबद्वारा बहुमुखी क्याम्पसमा अक्षयकोष

पोखरा ।
पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । गरिव तथा जेहन्दार विद्यार्थीको शैक्षिक विकासका लागि पोखरा युनाइटेड क्लबकाे सहयोगमा कोष स्थापना गरिएको हाे ।
क्लबले बुधबार बिहान एक लाख रुपैयाँको अक्षयकोष पोखरा बहुमुखी क्याम्पस संचालक समिति का अध्यक्ष नरेन्द्रमान लालचन लाई हस्तान्तरण गरेको हो ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले पछिल्लो क्रममा विद्यार्थीलाई स्वदेशी शिक्षा, रोजगार, अवसर र दायित्वहरुमा विद्यार्थीको ध्यान खिच्ने अभियानमा पोखरा युनाइटेड क्लब लागि रहेको बताए । ‘आर्थिक अभावले कुनै पनि विद्यार्थी शिक्षाको उज्यालोबाट बन्चित हुन नपरोस र शिक्षा प्रदाय सामुदायिक निकायहरु भन्ने हाम्रो मान्यता हो ।’ उनले भने।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्रमान लालचनले विद्यार्थीको चौतर्फी विकास र उज्ज्वल भविस्यका लागि अनवरत लागिरहेको क्याम्पसलाई सहयोगको हात बढाएर पोखरा युनाइटेड क्लबले सबै सामाजिक भा हरुलाइ हौसला प्रदान गरेको बताए ।
क्याम्पस प्रमुख शिशुकला पराजुलीले क्लबकाे सहयोगले शिक्षा सँगसँगै सामाजिक जिम्मेवारी र दायित्वबोधमा विद्यार्थी र क्याम्पस प्रशासन दुबै पक्षलाई प्रेरणा दिएको बताइन् ।
कार्यक्रममा क्याम्पस आन्तरिक गुणस्तर समिति प्रमुख महेन्द्र रिमाल, क्लबका उपाध्यक्ष गणेश तिमिल्सिना, महासचिव दिनेश सुनार, विद्यार्थी अस्मिता ठकुरी लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया