नीति तथा योजना आयोग गण्डकीमा राप्रपाको कोटाबाट भण्डारी नियुक्त
समाधान संवाददाता
२०८१ साउन २ गते २१:३९

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगले पूर्णता पाएको छ । बुधबार दिउँसो बसेको बैठकले नवलपुरका दीपक भण्डारीलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेसँगै आयोगले पूर्णता पाएको हो । उनी राप्रपाको कोटाबाट नियुक्त भएका हुन् । उनको नियुक्तिले गण्डकीमा एमाले भने झस्किएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा पनि त्यहि अनुसार हुने बताइए पनि मुख्यमन्त्री पाण्डेले धमाधम नियुक्तिका निर्णय गर्दा एमाले झस्किएको हो ।
नवलपुरको कावासोती नगरपालिका ७ का भण्डारी ग्रामीण विकासमा स्नातकोत्तर हुन् । उनीसँग मध्यविन्दु बहुमुखी क्याम्पसमा पढाएको अनुभव छ ।
यसअघि पाण्डे सरकारले आयोग सदस्यमा असार २१ गते नेपाल समाजवादी पार्टीको कोटाबाट माया तिम्सिनालाई नियुक्त गरेको छ ।
उपाध्यक्षमा जेठ १७ गते गोरखाका डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका थिए ।
सम्बन्धित









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया