सेयर बजारमा उच्च अंकको वृद्धि

पोखरा ।
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक ५४.६६ अंकले बढेको छ। नेप्से २.५२ प्रतिशतले बढेर २४२४.३२ विन्दुमा बन्द भएको छ।
नेप्से परिसूचक ३५ महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि २०७९ वैशाख ११ गते २४२० विन्दुमा नेप्से पुगेको थियो त्यसयताको आज उच्च विन्दु हो। बिहीबार कारोबार रकम गत ३५ महिनायताकै उच्च छ। आज १५ अर्ब ५४ करोड ८८ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
शेयरबजार बढेसँगै कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ । १५ अर्ब ५४ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सर्वाधिक मूल्य बढ्नेमा नेपाल इन्भेष्मेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तीय संस्था, थ्री स्टार हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा वृद्धि भएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया