तनहुँमा डेंगुका बिरामी भेट्टिए

रासस
तनहँुमा डेङ्गुका बिरामी फेला परेका छन् । तनहुँको म्याग्दे गाउँपालिका १ गुणादीका १५ वर्षीय कैलाश थापामा डेंगु देखा परेको हो । ज्वरो आएर दमौली अस्पताल भर्ना भएका थापालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएकामा निजमा डेङ्गु देखिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख रमेश बाराकोटीले जानकारीदिए । ‘किशोरमा डेंगुको सङ्क्रमण देखिएको पुष्टि भएको छ,’ उनले भने, ‘खासै जटिल समस्या छैन, उपचार भइरहेको छ ।’
किशोरमा डेंगु फेला परेपछि म्याग्दे गाउँपालिकाका अन्य मानिसमासमेत डेंगु हुनसक्ने भएकाले सचेतना अपनाउन आग्रह गरिएको बाराकोटीले बताए । डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । एडिज इजिप्टाई जातको लामखुट्टेले डेंगु भएकालाई टोकेर अरुलाई टोकेमा यो रोग सर्दछ । यो रोग मुख्यतः स्त्रीजातिका एडिज लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्ने चिकित्सक बताउँछन् । यो प्रजातिका लामखुट्टेले मुख्यतः सफा जमेको पानीमा अण्डा पार्दछ र साँझपख मानिसलाई टोक्ने गर्दछ । यो लामखुट्टेको खुट्टामा सेतो मार्किङ र ढाँडको माथिल्लो भागमा बीणा आकारका मार्किङ रहेको हुन्छ ।
सुरुमा बिरामीमा धेरै टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ, हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरको मासु पूरै दुख्ने डेंगुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने चिकित्सकको सुझाव छ । चिकित्सकका अनुसार डेङ्गुबाट बच्न घरवरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ने, घर नजिक झाडी नराख्ने, लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग गर्नुपर्छ ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया