ट्राफिक कारबाहीबाट ७ करोड राजस्व

पोखरा ।
ट्राफिक कार्यालय कास्कीले नियम उल्लंघन गर्ने सवारीबाट गत आर्थिक वर्षमा ६ करोड ८७ लाख १३ हजार ६ रुपैयाँ राजस्व संकलन गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहन थापाका अनुसार ८४ हजार ५ सय २३ सवारीलाई कारबाही गर्दा उक्त राजस्व जरिवानाबापत उठेको हो ।
कास्की प्रहरीले दुई पांग्रे सवारीको रुप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्ने सवारीमाथि कारबाही गर्ने अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गर्ने गरी मोडिफाइड १ हजार ९ सय ८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ । त्यस्ता सवारीबाट २८ लाख १० हजार ३ सय रुपैयाँ जरिवाना संकलन भएको छ ।
५ वर्षसम्म नवीकरण फेल भएका ११ वटा सवारी र मिटरमा जान नमान्ने ५ सय ७८ भाडाका ट्याक्सीसमेतलाई कास्की प्रहरीले कारबाही गरेको छ । अत्यधिक मात्रामा कालो धुँवा फाल्ने ६ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनाएको छ ।
पर्यटन राजधानी घोषणा गरिएको पोखरामा कालोे धुवाँ पुत्याउँदै हिँड्ने सवारीको लर्को नै छ ।
राइड सेयरिङ इनड्राईभ, पठाओ, टुटल जस्ता मोबाइल एप प्रयोग गरी अनाधिकृत रुपमा यात्रु ओसारपसार गर्ने २२ वटा दुई पांग्रे र ४ चार पांग्रे सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको पनि कास्की प्रहरीले जनाएको छ ।
मादकपदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा हुइँकाउने, लेन मिच्ने, क्षमताभन्दा बढी यात्रु चढाउने, तोकिएकोभन्दा बढी भाडा यात्रुसँग असुल्ने, जथाभावी पार्किङ गर्ने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका सवारी चालकलाई पनि प्रहरीले कारबाही गर्ने गरेको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया