शिक्षा र राजनीति नजोडिँदा आवश्यक सुधार हुन सकेन : मन्त्री भट्टराई
समाधान संवाददाता
२०८१ साउन ७ गते १४:२०

पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा र राजनीतिलाई जोड्न नसक्दा शिक्षामा हुनुपर्ने सुधार नभएको बताएकी छिन ।सोमबार ललितपुरमा भएको ‘इम्पावरिङ वुमन जर्नलिस्ट थ्रु क्यापासिटी बिल्डिङ इन पोलिटिकल रेपोर्टिङ’ कार्यक्रममा मन्त्री भट्टराईले शिक्षा दलसँग जोडिएको तर राजनीतिसँग नजोदिँदा सुधार हुन नसकेको बताएकी हुन् ।
‘सुधारको लागि राजनीति र शिक्षा जोडिनु पर्थ्यो तर शिक्षा र दलसँग जोडियो, राजनीति र शिक्षा जोडिएन’, उनले भनिन्, ‘जसले आवश्यक सुधार हुन सकेको छैन ।’ मन्त्री भट्टराईले शिक्षा र प्रविधि नजोडिँदा थप चुनौती बढेकोसमेत बताइन् ।
त्यसका लागि पाठ्यक्रम परिमार्जन गर्नुपर्ने र आजको आवश्यकता अनुसारको प्रविधिसँग जोडिने गरी समावेशी पाठ्यक्रम परिमार्जन गर्न अध्ययन भइरहेको भन्दै सुझाव समेत माग गरिन् ।
सम्बन्धित









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया