पोखरामा लक्जरी होटल भित्र्याउने अगुवा थिए पाण्डे

पोखरा ।
प्रतिष्ठित पर्यटन व्यवसायी होटल सांग्रिलाका सस्थापक श्यामबहादुर पाण्डेको निधन भएको छ । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक पाण्डेको पोखराको पर्यटन विकासमा पनि महत्वपूर्ण योगदान छन् ।
पोखरामा लक्जरी होटलको अभाव भैरहेको बेलामा पाण्डले पोखराको घारीपाटनमा होटल सांग्रिला पोखराको खोलेका थिए । उनले १९९६ मा खोलेको होटल सांग्रिलाले पोखरामा पर्यटन उद्योगमा नयाँ नयाँ लगानीकर्तालाई आकर्षण गरेको पर्यटन व्यवसायी बताउछन् ।
पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गरेका थिए ।
होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गरेका थिए । पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गरेको थिए ।
होटल संघ नेपालका केन्द्रीय अध्यक्ष भएर पर्यटकीय होटलहरुको अभिभावकीय भूमिका निर्वाह गरिसकेका पाण्डेको नेपालको पर्यटन उद्योगमा अविस्मरणीय योगदान रहेको क्षेत्रीय हाेटल संघ पाेखराका पूर्व अध्यक्ष एवं होटल संघ नेपालका केन्द्रीय सदस्य विप्लव पौडेलले बताए ।
पाण्डेले पोखरामा लक्जरी होटल भित्र्याएपछि होटल बाराहीलाई बिस्तार गर्न मनाेबल मिलेको र पोखराको पर्यटन विकासका लागि पाण्डेसँग सहकार्य गरेको पौडेलले स्मरण गरे ।
पारिवारिक स्रोतका अनुसार पाण्डेको पार्थीव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन दिउँसो २ बजेसम्म उनको घरमा राखिने छ । त्यसपछि दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।
पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया