लायन्स क्लब इन्टरनेशनलन डिष्ट्रिक ३२५ एमको
एड्भाइजरी काउन्सिल मिटिङ सम्पन्न

पोखरा ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एम नेपालको लायन वर्ष २०२४/२५ को एड्भाइजरी काउन्सिलको मिटिङ साउनको ५ र ६ गते सम्पन्न भएको छ । कास्कीको हिमालयन देउराली रिसोर्टमा कार्यक्रम भएको हो ।
डिष्ट्रिक चिफ एड्भाइजर किशोर बरालको अध्यक्षतामा बसेको बैठकमा लायन वर्ष २०२४/२५ मा गर्ने कार्य बारे विस्तृत रुपमा छलफल गरी हिमालयन देउराली रिसोर्ट डिक्लिरेशन तयार गरेको छ । डिष्ट्रिक गर्भनर चण्डिप्रसाद अर्यालले हालसम्म गरेका कार्यहरु र बाँकी गर्नुपर्ने कार्यहरुबारे प्रकाश गरेका हुन् । निवर्तमान डिष्ट्रिक गर्भनर भिमलाल पौडेल, पूर्व गभर्नर धनराज आचार्य, पूर्व मल्टिपल काउन्सिल चियर पर्सन गिरीधारी शर्मा, पूर्व डिष्ट्रिक गर्भनर महेन्द्र पौडेल, फस्ट भिडिजी धनीराम बराल, सेकेन्ड भिडिजी रत्न पराजुली लगायतले आगमी एक वर्षमा गर्ने कार्यक्रमहरुको बारेमा प्रकाश परेका थिए ।
कार्यक्रम संयोजक एवं डिष्ट्रिक चिफ एड्भाइजर किशोर बरालले कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रम संचालन डिष्ट्रिक पिआरओ इन चिफ डोलराज पोखरेले गरेका थिए । बैठकमा ९० जना लायन लिडरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ‘को चिफ’ एड्भाइजर लीलामणि खरेलले धन्यवाद व्यक्त गरे थिए । यसैगरी खुला सत्रमा २७ जना लायन लिडरहरुले जिज्ञासा राखेका थिए । कार्यक्रममा उठेका जिज्ञासाहरुको टिपोट ‘को चिफ’ एड्भाइजरद्वय माधव पाण्डे र उमनाथ बरालले गरेका हुन् ।
तपाईको प्रतिक्रिया