दसौं तहका कर्मचारीलाई अब प्रदेशमै तालिमको व्यवस्था

पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले प्रदेश र स्थानीय तहमा कार्यरत दसौं तहका कर्मचारीको उच्चस्तरीय व्यवस्थापन तालिमका लागि बनाएको पाठ्यक्रम स्वीकृत भएको छ ।
बिहीबार भएको गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को सातौं बैठकले उक्त पाठ्यक्रम स्वीकृत गरेसँगै प्रदेशमा एघारौं तहको बढुवका लागि आवश्यक तालिम गर्ने बाटो खुलेको छ । प्रतिष्ठानले यस अगाडि पनि प्रदेश लोक सेवा आयोगबाट सिफारिस भएका सहायक र अधिकृतस्तर कर्मचारीको सेव प्रवेश तालिम सञ्चालन गर्दै आइरहेको छ ।
परिषद बैठकले प्रदेश लोक सेवा आयोगबाट प्रदेश र स्थानीय तहमा सिफारिस भएका अधिकृतस्तर कर्मचारीको सेवा प्रवेश तालिम पाठ्यक्रम र प्रतिष्ठानको आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धी दिग्दर्शन समेत स्वीकृत गरको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू लगायतको उपस्थिति थियो ।
परिषद्का सचिव तथा प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले प्रतिष्ठानको स्थापना कालदेखि हालसम्म हाँसिल गरेका उपलब्धिहरूका बारेमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणका क्रममा कार्यकारी निर्देशक पाण्डेले प्रतिष्ठानले प्रदेश र स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास र शासकीय क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान गरेको चर्चा गरे ।
परिषद्ले प्रतिष्ठानका गत आर्थिक वर्षको प्रगतिको समीक्षा गर्नुका साथै चालु आव २०८१।८२ को बजेट तथा कार्यक्रम अनुमोदन गरेको छ ।

परिषदका अध्यक्ष एवम् गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतिष्ठानले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रसंशा गर्दै संघीयता पश्चात प्रदेश सरकारले स्थापना गरेको संस्थाको संस्थागत विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हाँसिल भएको बताए ।
साथै उनले, आगामी दिनमा प्रतिष्ठानलाई थप उचाइमा लैजानका लागि क्रियाशिल हुन समेत सुझाव दिएका थिए ।
प्रतिष्ठानले हालसम्म १८ हजार भन्दा बढी जनप्रतिनिधि र कर्मचारीलाई क्षमता विकासका तालिम प्रदान गरिसकेको छ भने अध्ययन तथा अनुसन्धान, पूर्वाधार निर्माण, समसामयिक सवालमा छलफल तथा संवाद कार्यक्रमको आयोजना र ज्ञान व्यवस्थापनका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । प्रतिष्ठानले आफ्ना सेवाका लागि क्वालिटी अष्ट्रियाबाट आइएसओ ९००१ः२०१५ प्रमाण पत्रसमेत प्राप्त गरेको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया