कोराला नाका खोल्न छलफल

समाधान संवाददाता
पोखरा
कोराला नाका खोल्ने विषयमा गण्डकी प्रदेशका प्रतिनिधि र चिनिया प्रतिनिधि मण्डलबीच आइतबार पोखरामा छलफल भएको छ । प्राध्यापक वाइड्यूङ लिउको नेतृत्वकोे चिनिया टोलीले कोराला नाका खोल्न सम्भावना र प्रदेश सरकारको धारणाबारे भेटमा जिज्ञासा राखेको थियो ।
नाका खुलेपछि हुने आर्थिक र धार्मिक गतिविधि वृद्धिको सम्भावना बारेमा पनि टोलीले चासो राखेको थियो । जवाफमा प्रदेश प्रतिनिधि मण्डलको नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले नाका खोल्न प्रदेश सरकार तत्पर रहेको र संघ सरकारलाई अनुरोध पठाइसकिएको जानकारी गराएका थिए ।
साथै उनले नाका खोल्न सकिए व्यापारिक, धार्मिक र बहुपक्षीय रुपमा दुवै देशले फाइदा लिन सक्नेतर्फ चिनिया पक्षको ध्यानाकर्षण गराएका थिए । यो नाकामा बाटाको ट्रयाक बनिसकेको र भौगोलिक रुपमा काठमाडौं र लुम्बिनीसँग नजिक रहेकाले यसले व्यापारिक र धार्मिक फाइदा पुग्ने उनको भनाइ थियो । चिनिया प्रतिनिधि मण्डल प्रमुख प्राध्यापक लिउले आफूहरुसमेत कोराला नाका खोल्न इच्छुक रहेको र नेपाली पक्ष सहमत भएमा चाँडै विस्तृत सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।
छलफलमा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्मा पौडेलले उक्त नाकाबाट सबैभन्दा छोटो दुरीमा भारतीय नाकासँग समेत जोडिने भएकाले यसले त्रिदेशीय व्यापरिक गतिविधिलाई बढाउन मदत गर्ने बताएका थिए । मुस्ताङ जिल्लामा पर्ने कोराला नाका खुलाउन सकिए चीनसँगको व्यापार आदानप्रदानका लागि सहज हुने भन्दै गण्डकी प्रदेशले यो नाका खोल्न केन्द्र सरकारलाई आग्रह गरेको छ ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया