अब अनलाइनबाटै नागरिकता सिफारिस

समाधान संवाददाता २०८१ साउन ११ गते २०:२४

पोखरा । पालिकाका वडाहरुबाट अब नागरिकताको सिफारिस अनलाइनबाटै हुनेभएको छ  । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीको उपस्थितिमा अन्नपूर्ण गाउँपालिका २ बाट सोही वडा निवासी सुरक्षा अधिकारीको नेपाली नागरिकता प्रमाणपत्रको लागि अनलाइन माध्यमबाट सिफारिस गरी स्थानीय तहहरुबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अभियानको शुरुवात शुक्रबार गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय कास्कीबाट प्रवाह गरिने नेपाल नागरिकताको प्रमाणपत्र वितरण सम्बन्धी सेवालाई छिटो, छरितो, त्रुटीरहित र प्रविधिमैत्री बनाउने ध्येयका साथ नेपाली नागरिकता प्रमाणपत्र प्राप्तीका लागि स्थानीय तहहरुबाट गरिने अनुसूची सिफारिसलाई अनलाइन प्रणालीबाट गराउन थालिएको हो ।

यस प्रणालीको सुरुवातले नागरिकता वितरण कार्यलाई छिटो, छरितो, त्रुटिरहित, व्यवस्थित र प्रवधिमैत्री बनाउँदै सेवाप्रवाहको गुणस्तरमा अभिवृद्धि हुन जाने हुदाँ अन्नपूर्ण गाउँपालिका वडा नं ०२ बाट सुरुवात भएको अनलाइन सिफारिस प्रणालीलाई क्रमिक रुपमा कास्की जिल्लाका सबै पालिकाका वडाहरुबाट छिट्टै सञ्चालनमा ल्याउने तयारी रहेको प्रजिअ पाण्डेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया