पश्चिमाञ्चल क्षेत्रीय अस्पतालकाे कागजात अख्तियारको नियन्त्रणमा

समाधान संवाददाता
पोखरा
पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले छापा मारेको छ । एमआरआई मेसिन खरिद र सामाजिक सेवा इकाई सञ्चालनमा आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारको टोलीले आइतबार अस्पताल पुगेर छानबिन थालेको हो ।
अनियमितताबारे छानबिन गर्न अख्तियारको टोलीले अस्पतालबाट कागजात नियन्त्रणमा लिएको छ । अस्पतालले गएको साल नै खरिद गरी करिब ७ महिना अगाडि नै एमआरआई मेसिन सञ्चालन गरेको थियो ।
मेसिन खरिद र सामाजिक इकाई सञ्चालन गर्न आर्थिक लेनदेनका आधारमा जिम्मा दिइएको उजुरीका आधारमा अख्तियारले छानबिन थालेको हो । आइतबार मेसिन खरिदसम्बन्धी कागजात नियन्त्रणमा लिइएको छ । उपकुलपति डा.बुद्धिबहादुर थापा काठमाडौं रहेकाले सामाजिक इकाई सञ्चालन जिम्माबारे कागजात भने अख्तियारले नियन्त्रणमा लिन पाएन । उपकुलपति थापाले कागजात राखेकाले कागजात प्राप्त गर्न नसकिएको अख्तियारले जानकारी दिएको छ ।
अस्पताल व्यवस्थापन समितिलाई बाइपास गरेर मूल्यांकन समितिले आर्थिक प्रलोभनमा सामाजिक सेवा सञ्चालनको जिम्मा असल छिमेकी सहयोगी संस्था गोनेसालाई दिइएको उजुरीमा उल्लेख छ ।
डा. नरेन्द्रविक्रम गुरुङको संयोजकत्वमा गठित मूल्यांकन समितिले आर्थिक लेनदेन गरेर अनियमित ढंगले गोनेसालाई इकाई सञ्चालनको जिम्मा लगाइएको आरोप उजुरीमा छ । अस्पतालका निर्देशक निर्देशक अर्जुन आचार्य भने त्यस्तो कुनै पनि आर्थिक अनियमितता नभएको बताउँछन् । ‘एमआरआई मेसिन गएको साल नै खरिद गरेर ७ महिनाअघि नै सञ्चालनमा आएको हो । त्यस्तो कुनै पनि आर्थिक अनियमितता भएको छैन । भएको भए अनुसन्धानले देखाउला,’ आचार्यले भने, ‘इकाई सञ्चालनको विषयमा पनि कुनै अनियमितता भएको छैन । उजुरी पर्दैमा भ्रष्टाचार नै भएको भन्ने हुँदैन ।’
अनियमितताबारे उजुरी र अन्य सूचनाका आधारमा अस्पतालको कागजात नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियार अनुसन्धान आयोग पोखराका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । यही असार २३ गते सार्वजनिक सेवा इकाई सञ्चालन गर्न सार्वजनिक सूचना जारी गरेको थियो । गोनेसासहित ४ संस्थाले सञ्चालनका लागि आवेदन हालेका थिए ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया