पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा दन्त सेवा

पोखरा । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा अत्याधुनिक स्तरीय उपकरण तथा प्रविधिसहितको दन्त उपचार सेवा सञ्चालनमा आएको छ । अस्पतालले बहिरङ्ग सेवा, स्त्री तथा प्रसूती रोग सेवा, हाडजोर्नी तथा नशा रोग सेवा, बालरोग सेवा, फिजिसियन तथा जनरल मेडिसिन सेवाका साथै इमर्जेन्सी सेवा, युएसजी. र इसिजी सेवासँगै दन्त रोग उपचार सेवा सञ्चालनमा ल्याएको हो ।
दन्त विभागमा अस्थायी÷स्थायी रूपमा दाँत भर्ने तथा लगाउने, दाँतको रङ्गको सिमेन्ट भर्ने, दाँत सफा गर्ने र टल्काउने, गिजासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने, दाँत निकाल्ने र नयाँ दाँत प्रत्यारोपण गर्ने, दाँतको डिजिटल एक्सरे र ओपिजी गर्ने, बाङ्गोटिङ्गो दाँतलाई तार बाँधेर मिलाउने, दाँतको जरैदेखि उपचार गर्ने, दाँत र मुखको माइनर सर्जरी गर्ने, एउटा पनि दाँत नभएको ठाउँमा दाँत लगाउने आदि सेवा उपलब्ध छन् ।
दन्त विभागमा मोटर जडित सक्सन, माइक्रो मोटर, एअर मोटर, अल्ट्रा सोनिक इस्क्यालर, सेन्सर प्यानलसहितका ८ वटा स्तरीय डेन्टल चेयर रहेको र डेन्टल चेयरमा नन्–टच सेन्सर लाइट जडित छन् । दन्त विभागलाई डेन्टल कम्प्रेसर, सिइपिएचसहितको ओपिजी मेशिन, आरभिजी सेन्सरको साथ डेन्टल एक्सरे मेशिन, क्लास बी अटोक्लेभ मेसिन, इनबिल्ट एपेक्स लोकेटरको साथ इन्डोमोटर, वाटर डिस्टिलर मेशिन, स्केलिङ मेसिन, अल्ट्रासोनिक क्लिनर, यूभि चेम्बर आदिले पूर्ण बनाइएको छ ।
दन्त विभागलाई दक्ष तथा अनुभवी एकजना बिडिएस डेन्टल सर्जन र एक जना पिसिएल डेन्टल हाइजीनिष्टको नेतृत्वमा सञ्चालन गरिएको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक सह–प्राडा दिपेन्द्रकुमार यादवले जानकारी दिए । शिक्षण अस्पताल सरकारी भएकोले दन्त सेवा शुल्क र उपचार खर्च अन्य सरकारी अस्पताल सरह भएको उनको भनाइ थियो ।
दन्त चिकित्सक डा. मानुषी पौडेलले पोखरा विश्वविद्यालय शिक्षण अस्पतालअन्तर्गत डेन्टल ओपिडि सेवा बिदाको दिन बाहेक १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने र यहाँ दाँतका बिरामीहरुलाई सुविधासम्पन्न ल्याबदेखि फार्मेसीसम्मका सम्पूर्ण सेवाहरू उपलब्ध रहेको जानकारी दिइन् । उनले अत्याधुनिक प्रविधिमा दाँतको डिजिटल एक्सरेसँगै पोखरामा कमै ठाउँमा रहेको मुखैभरिको टाउँको भरिको एक्सरे एउटै फिल्ममा देखाउन सकिने ओपीजी प्रविधि समेत रहेको बताइन् ।
डा. मानुषीले वरिपरिको सरकारी अस्पताल गण्डकी अस्पताल, धरान लगायत सबै शिक्षण अस्पतालहरूको उपचार खर्चको आधारमा न्यूनतम सस्तो दररेटमा उपचार खर्च तय गरिएको उल्लेख गर्दै वरिपरिको जनसमुदायलाई यहाँ आएर उपचार गर्दा निकै फाइदा हुने देखेको उनको भनाइ थियो । उनले स्थानीयलाई बाहिर गएर राम्रो विशेषज्ञ डाक्टरसँग दन्त उपचार गर्दा आठसय नौसय शुल्क तिर्नुपर्ने, उपचारका लागि लाइनमा बसी धेरै समय कुर्नुपर्ने तर यहाँ एकसय रूपैयाँको टिकटमा जतिबेला पनि विशेषज्ञ डाक्टरहरू उपलब्ध हुने भएकोले यही नजिकै यस्तो सेवा भएकोले सस्तोमा फाइदा लिन सबै स्थानीयलाई आग्रह गरिन् ।
पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर सुसन्जित विजय कोइरालाले दाँतको उपचारका लागि नब्बे प्रतिशत उपकरणहरू सेटअप गरिसकिएको जानकारी दिए । हातको सेन्सरबाट चल्ने र मोटोराइज्ड सक्सन भएका तथा दाँत काट्ने, दाँत सफा गर्ने औजारसहितका सुविधायुक्त आरामदायी डेन्टल चेयर रहेको उनको भनाइ थियो ।
उनले सिइपिएचसहितको ओपिजी मेसिनबाट दाँत तथा गर्दनको एक्सरे लिन सकिने प्रविधिबाट धेरै लाभान्वित हुनसक्ने बताए ।









पासपोर्ट अब २ दिनभित्रै पाइने
खरानीबाट ब्यूँतियो गण्डकी प्रदेशसभा
सम्पादकीय—राष्ट्रियसभाको गरिमा राख
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया