इनर ह्वील क्लब अफ पोखरा मिडटाउनद्वारा
कल्याणी बाल आश्रमलाई २० हजार नगद प्रदान

पोखरा ।
इनर ह्वील क्लब अफ पोखरा मिडटाउनले पोखरा महानगरपालिका वडा नम्बर १९ लामाचौरमा रहेको कल्याणी बाल आश्रमलाई नगद प्रदान गरेको छ । सुरुवात नयाँ शताब्दीको थिमलाई आत्मसाथ गरेर इनर ह्वील डिष्ट्रीक ३५० नेपाल अन्तर्गतको इनर ह्वील क्लब अफ पोखरा मिडटाउनले बाल आश्रममा शनिबार खिर खुवाई २० हजार नगद प्रदान गरेको हो ।

क्लबकी अध्यक्ष जुनादेवी थापाले संस्थाको तर्फबाट बाल आश्रमकी उपाध्यक्ष गोमा भण्डारीलाई नगद प्रदान गरेको सचिव भावना रानाभाटले जानकारी दिइन् । कल्याणी बाल आश्रममा अहिले १७ जना बालबालिका छन् । स्वास्थ्य शिक्षा र दैनिक जिवनमा सहयोग गर्ने उद्देश्यका साथ क्लबले आर्थिक सहयोग गरेको सचिव रानाभाटको भनाइ थियो ।
कार्यक्रममा कल्याण बाल आश्रमकी व्यवस्थापक भगवती खत्रीले आश्रमको अवस्थाका बारेमा बताएकी थिइन् । उनले बाल आश्रमका चुनौति र हालसम्म भएका राम्रा कामका बारे बताएकी थिइन् । कार्यक्रममा क्लबकी पूर्व अध्यक्ष पार्वती पाण्डेले संस्थाले गर्दै आएका काम र आगमी दिनमा संस्थालाई प्रदान गर्ने सहयोग निरन्तर रहने प्रतिवद्धता जाहेर गरिन् । कार्यक्रम क्बलकी सचिव रानाभाटले सञ्चालन गरेकी थिइन् ।








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया