वालिङमा नमुना कागती गाउँ

अर्जुन काफ्ले
स्याङ्जा
वालिङ नगरपालिका १२ र १४ का ३ गाउँमा एकै पटक ३० हजार कागती रोप्न थालिएको छ । यहाँका ढिकीडाँडा, तमादी र गापडाँडाको जग्गालाई चक्लाबन्दी गर्दै पहिलो पटक नमुना कागती गाउँ बनाउन थालिएको हो ।
थुमपोखरा साना कृषि सहकारीको सक्रियतामा यहाँ १ हजार रोपनीमा पहिलो चरणमा १५ हजार र दोस्रो चरणमा १५ हजार गरी ३० हजार कागती लगाउन थालिएको अध्यक्ष मोहन खनालले बताए । २ करोड ५१ लाख लगानीमध्ये सहकारी बोर्डको ४९ लाख, प्रदेशको २० लाख, स्थानीयले प्रतिरोपनी ५ हजार छ ।
यहाँका ढेड सय घरधुरी आवद्ध रहेको योजनामा प्रदेश सरकारले १० लाखको प्राङ्गारिक मल तथा औजार प्रदान गरेको छ भने १० लाख नगद प्रदान गर्नेछ । सुन कागतीका बिरुवा रोपण गरिएकोमा १ वर्षमै फल दिन सुरु गर्ने भए पनि चौथो वर्षबाट मात्र फाइदा हुने जनाइएको छ ।
चौथों वर्षबाट प्रत्येक बोटमा ८ सयका दरले कागती फल्ने जनाइएको छ । कागतीका बिरुवा भारतबाट झिकाइएको हो । पहिलो चरणको सामूहिक खेतीबाट वार्षिक १ सय २० टन कागती उत्पादन हुने लक्ष्य छ । अहिलेको हिसाबमा १ किलोको १ सय ५० रुपैयाँ हुँदा वर्षमा २ करोडको कागती यहाँ फल्नेछ ।
१० वर्षभित्र २ सय ४० टन कागती उत्पादन गर्दै र ४ करोडको कागती बजारमा पु¥याउने लक्ष्य छ । वर्षमा २ पटक गोडे हुने कागती बाँदरले खाँदैन । सामूहिक नमुना कागती खेती सुरुआत गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सामूहिक कृषि प्रणालीले देशमा विकास र समृद्धि ल्याउन सघाउने बताइन् । उनले निर्वाहमुखी नभई व्यवसायिक कृषि गर्नुपर्ने औंल्याइन् ।
गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले सरकारसँग नभएको भूमि जनतासँग रहेको बताए । उनले जनताको जमिन परिचालनका सरकारले सहयोग गर्ने बताए । व्यावसायिक कृषिमा लागेका फर्म, समूहलाई प्रदेश सरकारले कृषि औजार दिने र लगानी गर्ने उल्लेख गदैै मन्त्री थापाले गण्डकी प्रदेशमा कृषिको सम्भावना रहेको बताए । सहकारी बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुलीले सहकारीमार्फत नै जनतासँग पुग्न सकिने बताए ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया