मठ मन्दिर संरक्षणमा ईन्द्रधारा विष्टको जोड

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश सभा सदस्य ईन्द्रधारा विष्टले नेपालका पुराना मठमन्दिरको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । नेपाल मठ, मन्दिर धार्मिक र सांस्कृतीक धरोहरले धनी मुलुक भएकाले यसको संरक्षण, संवद्र्धन र मर्मतका लागि सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सांसद विष्टको भनाइ थियो ।
पोखरा १७ महतगौडामा रहेको हरिहर मन्दिरमा शनिबार साँझ आयोजित महाआरती कार्यक्रममा सहभागिता जनाउँदै सांसद विष्टले उक्त भनाइ राखेका हुन् । ‘हरिहर मन्दिर जस्तै पुरानो पौराणिक मन्दिरकै कारण धार्मिक पर्यटक आउँछन्,’ उनले भने, ‘यस्ता धार्मिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नुपर्छ ।’
संसारको सवै प्राणीलाई सुख र शान्ति प्राप्त होस् भन्दै विष्टले हरिहर मन्दिरमा नियमित आरती गर्ने वातावरण तय गर्न सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हरिहर मन्दिरको छुट्टै इतिहास रहेको भए पनि अझै प्रचारमा आउन नसकेको बताए ।
भागवत भाष्कर कमलनयन गौतमको अध्यक्षतामा सम्पन्न आरती कार्यक्रममा मालपोत कार्यालय प्रमुख ज्ञानराज पाण्डे, लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनील शाही, ब्रोडकास्टिङ एसोसियएसन नेपाल बानका केन्द्रीय सचिव दुर्गा अधिकारी, पोखरा १७ का वडा सचिव सुवास पौडेल लगायत सहभागी थिए ।

कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया