पोखरामा खसीको मासु सस्तियो

समाधान संवाददाता २०८१ साउन १५ गते १६:१२

पाेखरा । बजार भाउ बडिरहेका बेला कास्कीमा खसीको मासु सस्तिएको छ । साउन लागेसँगै मासुको माग घटेपछि व्यवसायीले भाउ घटाएका हुन् । मासु व्यवसायी संघ कास्की अध्यक्ष लाेकराज शर्माका अनुसार साउन १५ देखि खसीको मासुमा प्रतिकिलो ५० रुपैयाँ घटाइएको छ ।

Advertisement

यसअघि १ हजार ३ सय रुपैयाँ पर्ने १ किलो खसीको मासु अब १ हजार २ सय ५० रुपैयाँमा पाइन्छ । कास्कीमा ३ वर्षअघि खसीको मासुको भाउ बढाइएको थियो ।

अध्यक्ष शर्माका अनुसार सामान्य दिनमा कास्कीमा दैनिक खसीको मासु ३ हजार किलो खपत हुन्छ । तर अहिले साउने व्रतका कारण खसी र कुखुराको मासु खपत आधामात्र छ ।

कास्कीमा नर्मल कुखुरा दैनिक ४० हजार किलो खपत हुँदै आएको थियो ।

कुखुराको मासुमा भने महिनैपिच्छे भाउ घटबड भइ नै रहन्छ । पछिल्लो डेढ महिनामा कुखुराको मासु प्रतिकिलो १ सय २० रुपैयाँ सस्तिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया