पोखराका उद्योगी व्यवसायीलाई चुनाव लाग्यो, पोउवा संघको महाधिवेशन भदाै २८ र २९ मा
समाधान संवाददाता
२०८१ साउन १५ गते १८:०२

पोखरा । पोखरा उद्योग वाणिज्य महासंघको महाधिवेशन भदाै २८ र २९ गते पोखरामा हुने भएको छ । मंगलबार बसेको कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
महाधिवेशनअन्तर्गत भदौ २९ गते हुने निर्वाचन कार्यक्रमको लागि पूर्वअध्यक्ष कृष्णमोहन श्रेष्ठलाई निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरिएको छ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । गएको अधिवेशनमा अर्जुन पोख्रेललाई हराउँदै पवन प्रजापति अध्यक्षमा विजयी भएका थिए ।
अधिवेशनको मिति तय भएसँगै वर्तमान उपाध्यक्ष गोकर्ण कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । आफू अध्यक्ष पदको स्वभाविक उम्मेदवार भएकाले चाँडै टिम घोषणासहित निर्वाचनमा सहभागी हुने बताएका छन् ।
सम्बन्धित









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया