फोटोग्राफर संघ गण्डकीको फोटो प्रतियोगिता घोषणा

समाधान संवाददाता २०८१ साउन १५ गते २१:२३

पोखरा । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं विश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।

Advertisement

संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायीहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसीराम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भदौ २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता अन्तर्गत विभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ ।

बेष्ट फोटो अवार्ड, ब्राइड एन्ड ग्रुम हेड सट, बेस्ट कलरिङ एण्ड रिटचिङ, बेस्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा बिधा रहेका छन । बेष्ट बैवाहिक फोटो अवार्डका लागि १५ हजार ५ सय ५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य बिधामा ट्रफी र प्रमाण रहेका छन् ।

Advertisement

मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिता वर्ष भरिनै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय बैवाहिक फोटो प्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्येश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप बिधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।

नेचर एण्ड ल्याण्डस्केप बिधा अन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशै भरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद रु १०,००० ट्रफि र प्रमाणपत्र पाउनेछन भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Advertisement

संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेल तथा बिषेश अतिथि विश्वरत्न शाक्य , नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी लगायत ले ब्यानर खोलि प्रतियोगिताको शुभारम्भ गरेका थिए ।

कार्यक्रमका बिशेष अतिथि बरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य ले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशै भरिका फोटोग्राफरहरुलाई प्रोत्साहित गर्नका लागी स्थापना गरिएको यो प्रतियोगिता निकै सरहानीय कार्य भएको बताए । साथै नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदीले फोटोग्राफर र फोटोपत्रकार र पत्रकार यि सबै एउटै पाटा भएको बताए ।
प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रीय सदस्य रवीनाथ दाहाल, सल्लाहकार गणेश छवि, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, लगायतले आफ्नो भनाइ राखेका थिए । प्रतियोगिताका संयोजक तथा अक्षयकोषदाता भक्त तामाङले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव तुलसी राम सुवेदीले गरेका थिए ।

तपाईको प्रतिक्रिया