सहारा आधारभूत विद्यालयलाई रञ्जित दम्पतिद्वारा सहयोग
समाधान संवाददाता
२०८१ साउन १६ गते १४:४८

पोखरा ।
पोखरा ९ बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयका २ जना विद्यार्थीलाई बैकुण्ठ रञ्जितकारले सहयोग गरेका छन् ।
विद्यालयका अक्षयकोष दाता पोखरा रामजार निवासी रञ्जितकार र उनकी धर्मपत्नी पूर्णीमा रञ्जितकारले शैक्षिक सामाग्री सहयोग गरेका हुन् ।
कक्षा ६ का मनिष नेपाली र कक्षा ८ का रविन सुनारलाई कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक खर्च व्यहोर्ने उनले बताए । गत शैक्षिक सत्रदेखि विद्यालयमा सहयोग प्रदान गर्न सुरु गरेको बैकुण्ठले बताए ।
उनीहरुलाई विद्यालय पोशाक, झोला, जुत्ता लगायत स्टेसनरी सामान र रेनकोट प्रदान गरिएको थियो । उनीहरुका अभिभावकलाई समेत १र१ थान साडि र सर्ट सहयोग गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचनाकुमारी अधिकारी र विद्यालयका व्यवस्थापन समिति अध्यक्ष विक्रम थकालिले रञ्जित दम्पतिलाई धन्यवाद व्यक्त गरेका थिए ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया