शेयर बजारमा अल टाइम हाई किर्तिमान

पोखरा ।
नेपालको शेयर बजारको इतिहासमा आज अल टाइम हाईको नयाँ किर्तिमान बनेको छ । यो हो सबैभन्दा बढी कारोबार भएको दिन । नेपालमा शेयर बजारको कारोबार भएदेखि अहिलेसम्म आज जति धेरै रकमको शेयर खरिद बिक्री भएको थिएन् ।
आज एकै दिनमा २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यसभन्दा पहिले २०७८ साउन ३१ गते २१ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको थियो ।
आज परिसूचक नेप्से ६४.२५ अंकले वृद्धि भएर २७६०.९० अंक पुगेको छ । आज १९१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । भने, ४४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज ५ करोड ९ लाख ६७ हजार ९८१ कित्ता शेयर करोबार भएको छ ।
पछिल्लो समयमा नयाँ गठबन्धनको सरकार बनेपछि निरन्तर शेयर बजार उकालो लागेको छ । कांग्रेस एमाले गठबन्धनको सरकार बन्ने र अर्थमन्त्री एमालेका विष्णु पौडेल हुने भएपछि उकालो लागेको शेयर बढेको बढ्यै छ । मौद्रिक नीति आएपछि झनै उत्साही बनेका शेयर खरिदकर्ताले बजारमा मनग्गे पैसा खन्याएका छन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया