मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा उमेश आचार्य नियुक्त

पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा उमेशकुमार आचार्य नियुक्त भएका छन् । सञ्चालक समितिले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम आचार्यलाई बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।
२० वर्ष भन्दा बढी समय बैंकिङ क्षेत्रमा बिताएका आचार्यले तत्कालीन कामना विकास बैंकसहित विभिन्न वित्तीय संस्थामा १३ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव छ ।
साथै, विभिन्न निकायमा नीतिगत परामर्शदाताको रुपमा कार्य गर्दै आएका छन् । उनले पोखरा विश्वविद्यालयबाट व्यापार प्रशासन विषयमा स्नातकोत्तर तहमा अध्ययन गरेका छन् ।
बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराको साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।
डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
तपाईको प्रतिक्रिया