घार्मीमा वृक्षरोपण

पोखरा ।
पोखराको पर्यटकीय गाँउ घार्मीमा वृक्षरोपण तथा सरसफाइ गरिएको छ । लायन्स क्लब अफ पोखरा फेवा फूलबारीले घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा वृक्षरोपण गर्नुका साथै लायन्स पार्कमा गोडमेल तथा सरसफाइ गरेको हो ।
त्यहाँ लालीगुराँस, धूपी, तेजपत्ता, पारिजात लगायतका विभिन्न प्रजातिका विरुवा रोपिएको कार्यक्रम संयोजक गोविन्दराज अधिकारीले जानकारी दिए । यसअघि क्लब अध्यक्ष गणेशबहादुर कार्कीलाई लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ जेका डिस्ट्रिक टे«जर कल्पना थापाले बिरुवा हस्तान्तरण गरी कार्यक्रम सुरुआत गरेकी थिइन् ।
थापाले वातावरण संरक्षणको क्षेत्रमा लायन्स क्लब अग्रणी रहेको जनाउँदै पर्यटकीय क्षेत्रलाई थप आर्कषक बनाउन यसले भूमिका खेल्ने उल्लेख गरिन् । उनले क्लबले ल्याएका योजनालाई डिस्ट्रिकमा छलफल गरी क्षेत्रको विकास हुने गरी काम हुने उल्लेख गरिन् ।
ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अध्यक्ष ढुण्डिराज पौडेलले मन्दिर परिसरमा रहेको लायन्स पार्कलाई थप आर्कषक र व्यवस्थित गर्न आग्रह गरे । क्लब अध्यक्ष गणेशबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमा जोन चेयर पर्सन दामोदर बराल, क्लबका पूर्व अध्यक्ष कुन्दनराज शर्मा, माधव कँडेल, गुरु पौडेल, सञ्जय बस्नेत, सचिव दीपक केसी, मन्दिरका सचिव तेजेन्द्र पौडेल, समाजसेवी लीला पौडेल, पीताम्वर पौडेल, मन्दिरका मुल पुजारी रामचन्द्र पौडेल लगायतले बोलेका थिए ।
उनीहरुले पछिल्लो समय वातावरणमा परेको प्रभाव न्यूनीकरणका लागि वृक्षरोपण महत्वपूर्ण हुने उल्लेख गरे । सो क्लबले सन् २०१६ मा त्यस स्थानमा वृक्षरोपण गरी पर्यटकलाई आर्कषित गर्ने खालको लायन्स पार्क बनाउने घोषणा गरेको थियो । घोषणाको दशक हुँदा पनि आर्कषक पार्क भने बन्न सकेको छैन ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया