ईसेवामा दैनिक ३ पटकभन्दा बढी पैसा पठाउँदा १० रुपैयाँ शुल्क लाग्ने
समाधान संवाददाता
२०८१ साउन १८ गते १२:३५

काठमाडौं ।
ईसेवाबाट दिनमा तीन पटक बढी पैसा पठाउँदा १० रुपैयाँ कारोबार शुल्क लाग्ने भएको छ । कम्पनीले बिहीबार सूचना जारी गरेर उक्त व्यवस्था सुरु भएको जानकारी दिएको हो ।
आर्थिक वर्ष २०८१/८२ को बजेटको पूर्णपाठमा उल्लेखित ‘व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था’ बमोजिम व्यावसायिक कारोबार व्यावसायिक क्यू आर मार्फत गर्न प्रोत्साहनका लागि यही अगस्ट १ देखि इसेवाको सेन्ड मनी सेवा प्रयोग गर्दा शुल्क लाग्ने इसेवाले जनाएको छ ।
कारोबार दिनमा ३ पटक गरी महिनामा ३० पटकसम्म निःशुल्क रहनेछ । १०० रुपैयाँ मुनिका सबै सेन्ड मनी कारोबार निःशुल्क रहने छन् । यो बाहेकका सबै सेन्ड मनी कारोबारमा प्रति कारोबार १० रुपैयाँ सेवा शुल्क लागू हुनेछ ।
सम्बन्धित








कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया