गण्डकी स्वास्थ्य निर्देशनालयलाई माइक्रोस्कोप

समाधान संवाददाता
पोखरा
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौंले ७ वटा माइक्रोस्कोप स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई हस्तान्तरण गरेको छ । महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले गण्डकी प्रदेश निर्देशक खिमबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् ।
पोखरामा निजी अस्पतालका ल्याबमा कार्यरत कर्मचारीलाई मलेरिया (औलो) माइक्रोस्कोपिक तालिम समापनका अवसरमा माइक्रोस्कोप हस्तान्तरण गरिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक खिमबहादुर खड्काले नेपाललाई सन् २०२५ सम्ममा औलोमुक्त राष्ट्र बनाउने नेपाल सरकारको लक्ष्य सफल पार्न मलेरिया माइक्रोस्कोपिक तालिम दिइएको बताए ।
६ दिनसम्म सञ्चालन भएको तालिममा कास्की, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखाका निजी अस्पताल तथा क्लिनिकका प्रयोगशालामा कार्यरत ७५ जना कर्मचारी सहभागी थिए । तालिम स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु, काठमाडौंको आयोजना, युएसएड अन्र्तगत जपाइको कर्पोरेसनको प्राविधिक तथा आर्थिक सहयोग र मेडिकल ल्याब्रोटोरी एसोसियसन अफ नेपाल (मेलान) को समन्वयमा सञ्चालन भएको थियो ।
स्वास्थ्य कार्यलय कास्कीका प्रमुख जनस्वास्थ्य प्रशासक राजेन्द्र घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका मेडिकल ल्याब्रोटरी अफिसर तथा मेलानका केन्द्रीय सचिवालय सदस्य रवीन्द्र शर्मा बस्ताकोटीले गरेका थिए ।
तालिम समापनका अवसरमा सेभ द चिल्ड्रेनका माइक्रोबायोलोजिस्ट डा. विजय बज्राचार्य, मेलान गण्डकी प्रदेश अध्यक्ष सूर्यप्रसाद पोख्रेल, दरबारथोक एड्भर्टाईजिङका कृष्ण रानाभाट, सहभागीका तर्फबाट ऋषिराम सुवेदी, विष्णुमाया राना लगायतले बोलेका थिए ।









सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण
कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया