यलक्स बचाउन सहयोगकाे याचना

समाधान संवाददाता
पोखरा
५ महिनाका बालक यलक्स नेपालीलाई हाइड्रोसेफालिस (टाउकोमा पानी जम्ने ) को समस्या भएपछि परिवारजनले बच्चाकोे उपचार गर्न आर्थिक सहयोगको अपिल गरेका छन् । नेपालीले आफूले कमाएको पैसा बच्चाको उपचारका क्रममा खर्च भइसकेको भन्दै छोरालाई बचाउन सहयोगको याचना गरेकी हुन् ।
धिताल ६ कास्कीकी यमकली नेपाली पोखराको मनिपाल शिक्षण अस्पतालमा छोराको उपचार गराइरहेकी छन् । बच्चाको छिटोभन्दा छिटो अप्ररेसन गर्नुपर्ने र अप्ररेसनका लागि धेरै नै खर्च लाग्ने डाक्टरले भनेको यमकलीले बताइन् ।
बच्चको उपचारका क्रममा अहिलेसम्म ४ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ थियो । ३ महिना अगाडि वीर अस्पतालमा उपचार गर्ने क्रममा बालकलाई हाइड्रोसेफालिस भएको पत्ता लागेको थियो ।
ज्याला मजदुरी गरी परिवार पाल्दै आएका बालकका बुबा सूर्य नेपालीले छोराको उपचारमा भौतारिरहँदा मजदुरी गर्नसमेत नपाएछि छाक टार्नै समस्या हुन थालेको छ ।
बालकको उपचारका लागि सहयोग गर्न चाहने संघ, संस्था वा व्यक्तिले हेमजास्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्थाको बचत खाता नं. ००१०९००३८९३ मा रकम जम्मा गर्न सकिने यमकलीले बताइन् । यमकलीलाई मोबाइल नं. ९८२७१२०४६६मा सम्पर्क गरी सहयोग गर्न सकिनेछ ।









फोहोर व्यवस्थापन र वातावरण जोगाउन पोखराका सबै वडामा नाटक
पूर्वमन्त्री कुमार खड्का, एमाले नेता पुष्प अधिकारी र व्यवसायी मीलन थापा रास्वपामा
पोखरामा २२ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आयोजना हुनुको महत्व
हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया