जापानी विद्यार्थी फिस्टेलमा
समाधान संवाददाता
२०८१ साउन २५ गते १३:५७

पोखरा ।
पोखरामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालय र जापानको होक्काइडो युनिभर्सिटीका विद्यार्थी बिचमा सिकाइ अनुभव आदानप्रदान भएको छ ।
फिस्टेल स्कुलको निमन्त्रणामा बुधवार विद्यालयमा आइपुगेका जापानी विद्यार्थीहरू हामार्क, माया, रिको, मोमोका र आयामीले आफ्ना अनुभव प्रस्तुत गरे । फिस्टेल स्कुलका तर्फबाट कक्षा १० देखि १२ सम्मका विभिन्न विद्यार्थीले आफ्ना अनुभव सुनाएका थिए ।
शिक्षाले नै देशलाई समृद्धितर्फ लैजाने भन्दै टोलीकी प्रमुख किमुजोले फिस्टेल स्कुलले आइबिपिवाइपी पद्धतिलाई अवलम्बन गरेको तथा प्रोग्रेसिभ स्कुलका रूपमा आफूलाई सञ्चालन गरेकामा खुसी व्यक्त गरिन् ।
यस किसिमको सिकाइ अनुभव आदानप्रदानबाट दुवै पक्षको सिकाइमा सकारात्मक विकास हुने हुँदा आगामी दिनमा समेत यसले निरन्तरता पाउने कुरामा दुवै पक्षले प्रतिबद्धता गरेका छन् ।
सम्बन्धित









हेड्स नेपालको विद्यार्थीलाई सहयोग
‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया