TVS को मनसुन एक्सचेन्ज अफर सुरु

पोखरा ।
टिभिएसका नयाँ बाइक र स्कुटर चढ्न चाहानेहरुका लागि पोखरामा मनसुन एक्सचेन्ज अफर सुरु भएको छ । यही साउन ३२ गतेसम्म चल्ने सो एक्सचेन्ज अफर साउन २७ देखि सुरु भएको हो ।
जगदम्वा मोटर्स प्रालिको पोखरा स्थित अधिकृत बिक्रेता टिभिएस स्क्वायर मोटर्स प्रालिका प्रबन्ध निर्देशक आदर्शमान श्रेष्ठका अनुसार पोखराको नयाँ बजार स्थित टिभिएसको शो रुममा जारी यो एक्सचेन्ज अफरमा जुन सुकै ब्राण्डका पुराना बाइक र स्कुटरसँग टिभिएसका नयाँ बाइक र स्कुटर साट्न सकिनेछ ।
यो एकहप्ते अफर अवधिमा बाइक साटफेर गर्नेहरुले थप आकर्षक सुविधा समेत पाउने श्रेष्ठले समाधानलाई बताए । उनका अनुसार ६ हजार रुपैय नगद छुटका साथमा नयाँ हेलमेट, बाइक कभर र ब्याग समेत उपहार स्वरुप प्रदान गरिएको छ ।
साटफेरपछिको थप रकम पनि एकमुष्ट बुझाउनु नपर्ने गरी बैकिङ व्यवस्था मिलाइएको श्रेष्ठले बताए । तिन हजार नाै सय ९९ सय रुपैया मासिक किस्ताबन्दी तिर्ने गरी बाइक र स्कुटर लैजान सकिने खालको सुविधा पनि आफूहरुले ग्राहकलाई दिएकाे श्रेष्ठले बताए ।










त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया