नेल्टाको निबन्ध प्रतियोगितामा ब्रहमरुपाकी सिस्टता प्रथम

पोखरा ।
अंग्रेजी भाषा शिक्षकहरूको पेशागत संगठन (नेल्टा), कास्कीको आयोजनामा अंग्रेजी निबन्ध प्रतियोगिता शुक्रबार कन्या क्याम्पस, नदीपुरमा सम्पन्न भयो ।
सामाजिक सञ्जाल र यसको कुलत शीर्षकमा भएको निबन्ध लेखन प्रतियोगितामा कास्की जिल्लाका संस्थागत र सामुदायिक र गुठी अन्तर्गतका ३२ विद्यालयका ६२ विद्यार्थीहरू सहभागी थिए ।
कार्यक्रमको उदघाटन गर्दै पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा तीर्थराज अर्यालले संस्थाका गतिविधिबाट आफू खुसी भएको र सफल सिकाइका लागि कुशल शिक्षकको आवश्यकतामा जोड दिए ।
कक्षा ८,९,१० का विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा ब्रमरूपा माध्यमिक विद्यालय, राजचौताराकी सिस्टता मरासिनी प्रथम, एसओएस हर्मन माइनर बोर्डिङ स्कुल रामबजारका सौरभ तिवारी द्वितीय, गण्डकी आवासीय बोर्डिङ स्कुल, लामाचौरका अल्बर्ट रेग्मी तृतीय र शिशु कल्याण बोर्डिङ स्कुल, छोरेपाटनकी सृष्टी गुरुङ चतुर्थ भएका थिए ।
कार्यक्रममा कास्की नेल्टाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भूमिराज पण्डितले स्वागत तथा सल्लाहकार डा. पितृराज बास्तोला, पुरन कुँवर, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको बारेमा अभिमुखीकरण संस्थाका सदस्य मदनप्रसाद बरालले गरेका थिए । नेल्टा कास्की अध्यक्ष अजय थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम नेल्टा कास्कीका सचिव बोधराज गौतमले सञ्चालन गरेका थिए ।









एमालेबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार
राष्ट्रिय सभा निर्वाचन : नेकपा गण्डकीबाट कपिल लामा
पोखराका पर्यटकीय ठाउँका बारेमा ‘क्युआर कोड’बाट जानकारी
विदेशबाट फर्केर च्यांग्रापालन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया