एमएडब्लू वृद्धिको पोखरामा नयाँ शोरुम

समाधान संवाददाता २०८१ साउन २७ गते १४:४७

पोखरा ।
एमएडब्लू वृद्धि कमर्शियल भेइकल्सले पोखरामा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । आइतबारदेखि बुद्ध चोकमा आधिकारिक रूपमा शोरुम सञ्चालनमा आएको हो ।

Advertisement


शोरुममा फोटोन र सोकोनका कमर्शियल गाडीहरूको विविध चयन उपलब्ध छ । फोटोन मोटर्स (चीनको व्यावसायिक वाहन निर्माता)को आधिकारिक वितरकको रूपमा कम्पनीले हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वान सहित कुशल र भरपर्दा सवारी साधनहरूको रेन्ज प्रस्तुत गरेको छ ।


सोकोन मोटर्सको बहुमुखी इसी३६ भ्यान पनि उपलब्ध छ, जसमा यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरू समावेश छन् ।
कम्पनिका सेल्स प्रमुख नविन आचार्यका अनुसार, फोटोन र सोकोनका विद्युतीय र पेट्रोलियम गाडीहरू पोखरा शोरुमबाट बिक्री गरिनेछन्, जसमा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधनहरू उपलब्ध छन् ।

Advertisement


आर्थिक अवस्था सुधार गर्न तथा वातावरण संरक्षणका लागि अहिले अवस्थामा विद्युतिय साधनको प्रयोगमा जोड दिनुपर्ने उनको धारणा छ ।


सर्भिस प्रमुख जयन्त बस्नेतले कम्पनिका नेपालभरि २० वटा सेवा केन्द्रहरू रहेको बताउँदै देशभरि सेवा विस्तार गरिने योजना सुनाए । कम्पनीले विद्युतीय सवारी साधन र सीएटीएल ब्याट्रीको पनि प्रदान गर्ने उनले बताए ।

Advertisement


भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङले जलविद्युतको विकासको कारण विद्युतीय सवारी साधनको भविष्य राम्रो हुने बताए । उनले विद्युतीय सवारी साधनको प्रयोगले व्यक्तिलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरे ।


‘नेपालमा विद्युति उत्पादन राम्रो छ तर विक्री नै गर्नुपर्ने आवश्यकता रहेको म देख्दिन,’ मन्त्री गुरुङले भने, ‘सबै उत्पादन यहि नै प्रयोगमा ल्याउन सके विद्युति सस्तो भएर महंगो ग्यासको विकल्पमा विद्युतिय चुलो प्रयोग गर्न सकिन्छ ।’


कम्पनिका सीइओ तुषार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गरिने जानकारी दिए । ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने कम्पनिको योजना रहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया