नेप्से २८६० अंकमा, सेयर कारोबारमा नयाँ रेकर्ड

समाधान संवाददाता २०८१ साउन २७ गते १५:१०

सेयर बजारमा साताको पहिलो दिन आइतबार कारोबार रकममा नयाँ कीर्तिमानी कायम भएको छ । २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो इतिहासकै सबैभन्दा धेरै कारोबारको कीर्तिमानी हो । यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको कीर्तिमानी ५ दिनमै तोडिएको हो ।

Advertisement

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । लगानीकर्ताले २८ सय अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

तपाईको प्रतिक्रिया