पोखरामा यामाहाको माइलेज टेस्ट

पोखरा ।
भिएडब्लु इन्टरप्राइजेज प्रालि (यामाहा ब्रान्डको स्कुटर तथा मोटरसाइकलको पोखराको लागि आधिकारिक बिक्रेता) ले शनिबार यामाहा रेजेट–आर हाइब्रिड १२५ सीसी सेग्मेन्टको स्कुटरको माइलेज टेस्ट आयोजना गरेको थियो । कम्पनीले दाबी गर्दै आएको नेपालभरको स्कुटर सेग्मेन्टमा सबैभन्दा उच्च माइलेज दिने स्कुटर भन्दै आएको कुरालाई सत्य साबित गर्ने हेतुले उक्त कार्यक्रम आयोजना गरिएको हो ।
रेजेट– आर हाइब्रिड १२५ सीसीका ग्राहकहरुको र्यालीले पोखरा नयाँबजारबाट राइड आउट सुरु भई पोखरा बजारको विभिन्न चोकहरुको परिक्रमा गरेको थियो । हेमजा हुँदै नौडाँडाको ठाडो उकालो तथा भिरालो बाटो–अवस्था रहेको फोर्टिन माइल्स होटेल एन्ड रेस्टुरेन्टसम्म करिब ३० किमिको दुरी पूरा गरी टुंगिएको थियो ।
३० किमिको माइलेज टेस्टमा क्रिश्मा गुरुङ ७१ दशमलव २५ किमि प्रतिलिटर माइलेजका साथ प्रथम भएकी थिइन् । ननचरी गुरुङ ६९ दशमलव २६ किमि प्रतिलिटर माइलेजका साथ द्वितीय तथा लालकुमार दर्लामीमगर ६८.८० किमि प्रतिलिटर माइलेजका साथ तृतीय भएका थिए । सम्पूर्ण विजेता तथा प्रतिस्पर्धीहरुलाई भिएडब्लु इन्टरप्राइजेज प्रालिका म्यानेजिङ डाइरेक्टर सरोज श्रेष्ठले सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेका थिए ।
यो स्कुटरले समतल बाटोमा मात्र नभएर गाउँ–ठाउँको उकालो–भिरालो, खाल्टा–खुल्टी बाटोमा समेत कस्तो पर्फमेन्स दिन्छ तथा कतिसम्म माइलेज प्रदान गर्छ भन्ने हेतुले उक्त स्थान रोजिएको हो । उक्त राइड–आउटमा आएका ग्राहकहरुलाई विभिन्न मनोरञ्जनात्मक खेलहरु खेलाउँदै रेजेट–आर हाइब्रिड १२५ सीसीको बारेमा समेत केही जानकारी गराइएको थियो ।
एमएडब्लु राइड्स प्रालिबाट प्रतिनिधित्व गरेका सेल्स हेड शैलेन्द्र अधिकारीलेले विभिन्न आवश्यकता र सवारहरूको प्राथमिकताहरू पूरा गर्न रे जेडआर १२५ हाइब्रिड ५ ट्रिमहरूमा उपलब्ध गरिएको बताए । स्टान्डर्ड, डिलक्स, प्रिमियम, प्रिमियम प्लस र स्ट्रिट र र्याली १४५ एमएमको ग्राउन्ड क्लियरेन्सको साथ मात्र ९९ किलोग्रामको उल्लेखनीय रूपमा हल्का यसमा युनिफाइड ब्रेकिङ सिस्टम (युबीएस), साइड स्ट्यान्ड इन्जिन कट–अफ फड्सन, र २१ लिटर अन्डर–सीट भण्डारण जस्ता सुविधा रहेको उनले जनाए । ‘स्टप एन्ड स्टार्ट प्रणालीले छोटो बिसौनीमा इन्जिनलाई स्वतः स्विच अफ गरी मूल्यवान ऊर्जा बचत गरेर इन्धन दक्षतालाई अझ बढाउँछ,’ उनले भने ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया