पोउवा संघको ३५ औं अधिवेशन
अध्यक्षमा गोकर्ण र अर्जुन भिड्ने निश्चित, प्यानल बनाउँदै दुवै समूह

पोखरा ।
पोखराको जेठो संस्था एवं निजी क्षेत्रको छाता संगठन पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व लिने दाैडधुप सुरु भएको छ । उद्योगी व्यवसायीका नेताहरु संघको नेतृत्वमा स्थापित हुन चुनावी माहोलमा होमिएका छन् ।
यही भदौ महिनाको २८ र २९ गते पोउवा संघको ३५ औं अधिवेशन हुँदैछ । २८ गते उद्घाटन हुने अधिवेशनले २९ हुने निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी संघले कार्यतालिका घोषणा गरिसकेको छ ।
संघको नेतृत्वका लागि सर्बसम्मत गर्ने प्रयास कतैबाट पनि नभए पछि निर्वाचन हुने निश्चित भएको छ । अहिलेसम्म औपचारिक रुपमा कसैले उमेद्वारी घोषणा त गरेका छैनन् तर आकांक्षीले मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने काम गरिरहेका छन् ।
चुनावी दौडमा अध्यक्षका आकांक्षी सबैभन्दा अघि छन् । संघको अध्यक्षमा गाेकर्ण कार्की र अर्जुन पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित प्राय छ । आकांक्षी दुवै जनाले संघको अध्यक्षमा निर्वाचन लड्ने तयारीसहित मतदाता भेटघाट गरिरहेको समाधानसँग स्विकारे ।
कार्की अहिलेको कार्य समितिका वरिष्ठ उपाध्यक्ष हुन् भने पोखरेल २ वर्ष अघि सम्पन्न ३४ औं अधिवेशनका अध्यक्षका प्रत्यासी हुन् । ३४ औं अधिवेशनमा कार्कीले हरिहर सापकोटालाई पराजित गरेर वरिष्ठ उपाध्यक्ष जितेका थिए भने पोखरेल अहिलेका अध्यक्ष पवन प्रजापतिसँग पराजित भएका थिए ।
अध्यक्षको निर्वाचन लड्ने तयारी गरेका दुवै जनाले औपचारिक रुपमा उम्मेद्वारी घोषणा गर्न सकेका छैनन् । उम्मेद्वारी घोषणा गर्न नसक्नुको मुख्य कारण हो प्यानलको टुङ्गो नलाग्नु । श्रोतका अनुसार अध्यक्षका आकांक्षी दुवै जनाले पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुको सल्लाह र सहयोगमा प्यानल बनाउनका लागि छलफल गरिरहेका छन् ।
पोखरेललाई साथ दिएका पूर्व अध्यक्षहरुले कार्कीले प्यानल बनाएपछि मात्र आफ्नो प्यानल बनाउन सुझाएको एक जना पदाधिकारीका आकांक्षीले समाधानलाई बताए । कार्कीले ३४ औं महाधिवेशनमा एउटै टिम भएर उठेका सबैलाई चित्त बुझाउने गरी समेट्न नसक्ने देखिएकाे कार्की निकटस्थ एक व्यवसायीले जानकारी दिए । कार्कीको टिममा छुटेका र असन्तुष्ट भएकाहरुलाई समेत समेटेर प्यानल बनाउने पोखरेलको तयारी रहेको उनी निकट एक व्यवसायीले समाधानलाई बताए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया