पोखरा चेम्बरमा जिम्मेवारी बाँडफाँट

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यको विभागीय जिम्मेवारी बाँडफाँट गरिएको छ ।
कार्यसमितिको पूर्ण बैठकले विधान अनुसार ४ जनालाई कार्यसमितिमा मनोनयन गर्नुका साथै कार्यविभाजन गरी इकाइ संयोजक तोकिएको अध्यक्ष उमराज बास्तोलाले जानकारी दिए । बैठकले अध्यक्ष बास्तोलालाई समग्र चेम्बरको कार्यक्रम समन्वय विभागको संयोजक तोकेको छ ।
चेम्बर कास्कीको जिम्मेबारी बाँडफाँड अनुसार निवर्तमान अध्यक्ष, यमनाथ पौडेललाई अनुगमन तथा सुपरीवेक्षण विभागको संयोजक तोकिएको छ । वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद सुवेदीले इकाइ समन्वय विभागको संयोजकको जिम्मेवारी पाएका छन् । उद्योगतर्फका उपाध्यक्ष नवराज आचार्यलाई उद्योग समन्वय विभागको संयोजक तोकिएको छ ।
वस्तुगत समन्वय विभागको संयोजकको जिम्मेवारी वस्तुगत उपाध्यक्ष नवीन बराललाई प्रदान गरिएको छ । वाणिज्यतर्फका उपाध्यक्ष श्यामकुमार मल्ललाई वाणिज्य समन्वय विभागको संयोजक तोकिएको अध्यक्ष बास्तोलाले बताए । पोखरा चेम्बरका महासचिव गोकर्ण अधिकारीलाई संगठन विभाग, सचिव सरिता सुवेदीलाई सचिवालय व्यवस्थापन र अर्का सचिव सीमा कोइरालालाई प्रचार तथा प्रसार विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
चेम्बरको विधान अनुसार कोषाध्यक्ष जीवन ढुंगानालाई आर्थिक विभागको संयोजक र सहकोषाध्यक्ष बोधराज सुवेदीलाई प्रकाशन विभागको संयोजकको जिम्मेवारी दिइएको छ ।
कार्य समिति सदस्य नगेन्द्र शर्मा भण्डारीलाई पोखरा महानगर संयोजक, सदस्य प्रेमराज बस्यौलालाई लेखनाथ संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । पालिकाबाट निर्वाचित महेश्वर दवाडीलाई विपद् व्यवस्थापन समन्वय विभागको संयोजक तोकिएको छ ।
कर्पोरेटबाट निर्वाचित श्रीराम गौतमलाई बिमा वित्तीय संस्था समन्वय विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ । कार्यसमिति सदस्य विनोद भुजेललाई विदेश विभाग, कार्यसमिति सदस्य सुरेन्द्र बास्तोलालाई युथ चेम्बरको संयोजक तोकिएको छ ।
इकाइबाट निर्वाचित तुलसी दाहाल गाउँपालिका समन्वय फेवा इकाइ र सदस्य सुवास सुवेदीलाई गाउँपालिका इकाई समन्वय विभागको संयोजक बनाइको छ ।
कार्यसमिति सदस्य जमुना पौडेललाई महिला चेम्बर अफ कास्कीको संयोजक तोकिएको छ । उद्योगी, व्यवसायीको तर्फबाट शोभाकान्त पौडेल, दुर्गा आचार्य, रामजी थापा र मनोहर दाहाललाई कार्यसमिति सदस्य मनोनित गरिएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया