शिवरामले बनाइदिए जानकी माविमा अक्षयकोष

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा सदस्य शिवराम भण्डारीले आफूले पाएको तलव, सुविधाबाट सरकारी स्कुलमा अक्षयकोष बनाएका छन् । पोखरा–१७, महतगौंडाको जानकी माविमा उनले ५ लाखको अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयको ४४ औं वार्षिकोत्सवमा उनले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिने घोषणा गरेका थिए । त्यही घोषणा बमोजिम शिवरामले प्रधानाध्यापक अर्जुन कँडेललाई उक्त रकमको चेक बिहीबार हस्तान्तरण गरेका हुन् ।
आफूले पाएको दुई वर्षको सुविधामा रकम थप गरी आमा, बुवा धर्मदत्त र जमुनाको स्मृतिमा भण्डारीले अक्षयकोष बनाएका हुन् । वडा सदस्यको सुविधावापत दुई लाख ८८ हजार पाएको र बाँकी रकम व्यक्तिगत रुपमा थप गरेको उनले सुनाए ।
कार्यक्रममै अक्षयकोष सञ्चालन कार्यविधिसमेत स्कुललाई प्रदान गरिएको छ । अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयको दैनिक गतिविधि सञ्चालनमा प्रयोग हुनेछ ।
‘सरकारी स्कुललाई विशेष माया र संरक्षण गर्नैपर्छ, प्रतिबद्धता बमोजिम अक्षयकोष स्थापना भएको छ, यसले थोरै भए पनि शिक्षण सिकाईलाई सहज बनाउने मेरो अपेक्षा छ,’ उनले भने ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया