पुरस्कार पाएको रकम विद्यालयलाई सहयाेग

पोखरा ।
पोखराका शिक्षासेवी नरनाथ भट्टराईले सम्मान वापत पाएको रकममा थप गरी विद्यालयलाई सहयोग गरेका छन् । बाटुलेचौर निवासी भट्टराईले जोर्ज जोन शिक्षा प्रतिष्ठानवाट सम्मानित हुँदा प्राप्त गरेको नगद १० हजारमा, १० हजार थप गरी नगद २० हजार रुपैयाँ स्थानीय विन्ध्यवासिनी माविलाई सहयोग गरेका हुन् ।
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेका भट्टराईले विद्यालयको शैक्षिक विकासका लागि बिहीबार सो रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र सहायक प्रधानाध्यापक रामबहादुर बानियाँलाई हस्तान्तरण गरे ।
कार्यक्रममा भट्टराईले विद्यालय राष्ट्रिय स्तरको नमुना विद्यालयको रूपमा चिनिएको मा खुसी व्यक्त गर्दै, आफूले गरेको सहयोग सानो भएपनि यसले महत्व राख्ने बताए । प्रधानाध्यापक आर्चायले भट्टराईले विद्यालयका हरेक गतिविधिमा सहयोग पु¥याउँदै आएको भन्दै उनको सम्मानले विद्यालयको पनि गौरव बढेको बताए ।
सहायक प्रधानाध्यापक बानियाँले भट्टराईमा अन्तर्निहित, उदारमना, एवं परोपकारी भावनाको उच्च मूल्यांकन गर्दै कार्यको प्रशंसा गरे । भट्टराई जोर्ज जोन शिक्षा प्रतिष्ठानको २८ औं वार्षिकोत्सवको अवसरमा, शिक्षासेवीको रूपमा सम्मानित भएका थिए ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया