कास्की प्रहरीले समात्यो १ महिनामा २७ जना फरार प्रतिवादी

समाधान संवाददाता २०८१ साउन ३२ गते १६:३२

पोखरा ।  अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । साउन १ गतेदेखि ३२ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरु समेतबाट खटिएको प्रहरी टोलिले सम्मानित २२ जना पुरुष र ५ जना महिलालाई  पक्राउ गरी फैसला कार्यान्वयनको लागि अदालतमा बुझाएको प्रनाउ वसन्तकुमार शर्माले बताए ।

Advertisement

उनीहरुबाट ४ वर्ष ९ महिना २ दिन कैद सजाय र २ लाख १० हजार ८ सय २५ रुपैयाँ असुल गर्नको लागि अदालतमा उपस्थित गराएको छ ।

पक्राउ पर्नेमध्ये चेक अनादार मुद्दामा १३ जना, लागू औषध मुद्दामा ५ जना, चोरी सम्बन्धी मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा – २ जना, आगो लगाएको सम्बन्धी मुद्दामा २ जना र

Advertisement
 

लेनदेन बिगो सम्बन्धी मुद्दामा २ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया