बेगनासतालमा डेंगु सचेतना

समाधान संवाददाता २०८१ भदौ २ गते १२:३४

लेखनाथ ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ बेगनास उपशाखाले डेंगु रोग सम्बन्धी सचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ । ‘खोज र नष्ट गर’ अभियान अनुसार उक्त कार्यक्रम पोखरा ३१ बेगनासतालमा सम्पन्न भएको हो ।

Advertisement


कार्यक्रममा पोखरा ३१ का वडा अध्यक्षले नेपालमा डेंगु रोग प्रत्येक दिन बढ्दै गइरहेको बताउँदै यस रोगका बारेमा हामी सबै सतर्क हुनपर्ने बेला आएको बताए । मानिसको जीवनमा स्वास्थ्य सबैभन्दा महत्वपूर्ण भएको र यस रोगलाई हेचक्र्याइँ गर्न नहुने बताउँदै यस्ता स्थास्थ्यसँग सम्बन्धी सचेता कार्यक्रम होस अन्य कार्यक्रम होस वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


कार्यक्रममा बुद्धि तिवारी, चिरञ्जीवी तिवारी लगायतले डेंगु सम्बन्धी आ–आफ्नो भनाइ राखेका थिए । पोखरा ३१ उपशाखाका कार्यवाहक सभापति बबिता सुवेदीले अहिले डेंगु धेरै ठाउँमा फैलिएर मानिसको स्वास्थमा असर परेकोले अब फैलन नदिन रेडक्रसले भरपूर प्रयास गरिरहेको जानकारी गराएकी थिइन् ।

Advertisement


कार्यक्रममा पोखरा ३१ वडा कार्यालय, जनप्रतिनिधिहरु, अमरसिद्ध नमुना युवा रेडक्रस सर्कल, नमुना महिला समूह, बेगनास युवा क्लब र रेडक्रस आजीवन सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यवाहक सभापति बबिता सुवेदीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन सचिव कृष्ण तिमिल्सिनाले गरेका थिए ।

औपचारिक कार्यक्रम पश्चात बेगनासताल, मोहोरिया, भाटाको मूल, नहरचोक लगायत स्थानमा डेंगु सचेतना अभियान चलाइएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया