उद्यमी महिलालाई अभिमुखीकरण

पोखरा ।
महिला तथा बालबालिकाको क्षेत्रमा कार्य गर्दै आएको वुमन एक्ट नेपालले गण्डकी प्रदेशका महिला उद्यमीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपालका सीमान्तकृत र जोखिममा परेको महिला तथा बालबालिकाको आर्थिक सबलीकरण परियोजना अन्तर्गत गण्डकीका प्रदेशका महिला उद्यमीको सशक्तीकरण गर्न र उद्यमका लागि सहजीकरण गर्न शुक्रबार अभिमुखीकरण आयोजना गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले महिलालाई उद्यमी बनाउनेतर्फ अबको बाटो हुनुपर्नेमा जोड दिए । उनले यसले महिलालाई आत्मनिर्भर बनाउने बताए । उनले आफू पनि उद्यमी पृष्ठभूमिबाट आएकै कारण उद्यमीहरुको समस्या बुझ्ने उनको भनाइ छ ।
वुमन एक्टकी कार्यकारी अध्यक्ष सिर्जना अधिकारीले आर्थिक उपार्जनका लागि ससाना व्यवसाय गरिरहेका महिला उद्यमीले व्यवसाय दर्ता नगरिदिंदा सरकारबाट प्राप्त हुन सक्ने आर्थिक सहयोग, कार्यक्रम, सूचनाबाट वन्चित भइरहेको सुनाइन् । यसप्रति महिला उद्यमीलाई सशक्त बनाउने कार्यका लागि परियोजना अघि बढिरहेको उनको भनाइ छ ।
भेलाले पोखरा महानगर, माछापुच्छ्रे गाउँपालिका र हुप्सेकोट गाउँपालिकाका महिला उद्यमी सम्मिलित ५ सदस्य प्रदेशस्तरीय महिला उद्यमीको सामुदायिक अभ्यास सञ्जालसमेत गठन गरेको छ । सञ्जालका संयोजकमा उर्मिला विक, उपसंयोजक रेवती सारु, सचिव तुलसी अधिकारी, सदस्यमा यशोदा लम्साल र पुष्पा गुरुङ छन् ।
सञ्जालले स्थानीय र प्रदेश स्तरमा समन्वय गरी उद्यमी महिलाको हकहितमा वकालत गर्ने वुमन एक्टका टिम लिडर प्रकाश अधिकारीले बताए । वुमन एक्टले बाग्मती, गण्डकी, मधेस, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २५ स्थानीय तहमा परियोजना सञ्चालन गरिरहेको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया